मलामी बोकेको बस दुर्घटनामा मृत्यु भएका ६ जनाकै सनाखत

बुटवल । पाल्पामा आइतबार दिउँसो भएको मलामी बोकेको बस दुर्घटनाका मृतक सातमध्ये छ जनाको सनाखत भएको छ ।
दुर्घटनामा परी अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर २ बस्ने २५ वर्षीय शंकर विक, सोही ठाउँका ३६ वर्षीय मोहन कुँवर र २८ वर्षीय भोजेन्द्र वि, रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ बस्ने ३२ वर्षीय विजय थापा क्षेत्री, बुटवल–१७ बस्ने ३० वर्षीय पशुपति रसाइली, सोही ठाउँ निवासी वर्ष ४० का खुमबहादुर राना रहेका छन् । एक जनाको भने सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।
दुर्घटनामा परी १५ जना घाइते भएका छन् । घाइते हुनेहरूमा बुटवल–१७ का ३८ वर्षीय विशाल रसाइली, सैनामैना नगरपालिका–६ रुपन्देही बस्ने ३१ वर्षीया मिरा रामदाम, सोही ठाउँका ५० वर्षीय श्यामबहादुर वि, बुटवल–१७ बस्ने ४५ वर्षीय धनबहादुर सुनार, अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ बस्ने ५४ वर्षीय गोपाल नेपाली, गुल्मीको छत्रकोट गाउँपालिका–३ बस्ने ४३ वर्षीय लालबहादुर विक, अर्घाखाँची मालारानी गाउँपालिका–२ बस्ने ३७ वर्षीय रमेश टोहटो, रुपन्देहीको तिलोत्तमा नगरपालिका–१४ बस्ने ४५ वर्षीय दिलमाया सुनार रहेका छन् ।
त्यस्तै अन्य घाइतेहरूमा तिलोत्तमा–१४ रुपन्देहीकी ४५ वर्षीया तारा सुनार, मालारानी–२ अर्घाखाँची बस्ने ३९ वर्षीय तुलसीराम बिक, सोही ठाउँका २२ वर्षीय दीपक बिक, बुटवल–१२ बस्ने ४८ वर्षीय माधवप्रसाद बस्याल, मालारानी–२ अर्घाखाँची बस्ने ४० वर्षीय अर्जुन रसाइली, सोही ठाउँ निवासी ३५ वर्षीय लक्ष्मण टोहटो र सोही ठाउँका २७ वर्षीय विष्णु विक रहेका छन् ।
घाइतेहरूको लुम्बिनी मेडिकल कलेज प्रवास र तानसेन मिसन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर खातीले जानकारी दिए । बुटवलबाट शव लिएर सतगतको लागि रिडितर्फ जाँदै गरेको लु१ख ७२७९ नम्बरको बस आइतबार बिहान १०:४० बजे पाल्पाको रिब्दिकोट गाउँपालिका–२ लघुवास्थित तानसेन–रिडी पक्की सडक खण्डमा करिब ५५ मिटर तल खसी दुर्घटना भएको थियो ।
चालक भने सकुशल अवस्थामा प्रहरी नियन्त्रणमा रहेको र दुर्घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















यस पटकको निर्वाचनप्रति कसैको ‘सिकायत’ रहेन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
होर्मुजमा गोलीकाण्डपछि वार्ता सङ्कटमा
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
अमेरिकाले जफत गरेको जहाज रिहाइका लागि दबाब दिन राष्ट्रसङ्घलाई इरानको आग्रह
गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
इरानले मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
प्रतिक्रिया