मन्त्री झाँक्री कतै आँशु खसाल्दै, कतै पिर्के सलामी थाप्दै !

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्री केही दिनदेखि गृह जिल्लामा छिन् ।
पार्टीको कार्यक्रममा सहभागी हुन गृह जिल्ला पुगेकी मन्त्री झाँक्रीले गुल्मीमै युवाको कार्यक्रममा बोल्दा बोल्दै आँशु खसालिन् । युवा संगठनको जिल्लामा भेलामा बोल्दै मन्त्री झाँक्री पार्टी फुटको कुरा गरिन् । अनि, गहभरी आँशु गराइन् । आँशु चुहाउँदै र आँशु पुछ्ने बोलेको भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो ।
पार्टीको कामको शिलशिलामा जिल्ला गएकी मन्त्री झाँक्रीले सरकारी काममा पनि सरिक भइन् । गुल्मीकै मदाने गाउँपालिकाको पुर्कोटदहमा रहेको प्रहरी कार्यालयमा रातो पिर्कामाथि उभिएर सलामी थापेपछि उनको आँशु सामाजिक सञ्जालले सुकाइदिएको छ ।
राजनीति दलका नेताहरुको चरित्रको चर्को आलोचना गर्ने युवा नेतृ झाँक्रीले पिर्के सलामी दिएपछि उनको सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।
मन्त्री झाँक्रीले जिल्लाको विभिन्न पालिका तहमा पार्टीका कार्यक्रम, राजनीतिक दलका स्थानीय नेतृत्वसँग छलफल अन्तरक्रियाका साथै जिल्ला स्थित सरकारी कार्यालयको निरीक्षण तथा अनुगमन गर्ने काम गरेको उनको सचिवालयले जनाएको छ ।
पिर्के सलामीको आलोचना भएपछि सोमवार मात्रै मन्त्री झाँक्रीको निजी सचिवालयले झाँक्रीको बचाउ गरेको छ ।
प्रहरी परिसरभित्र प्रवेश गर्ने विशिष्ट ब्यक्तिलाई सम्मान दिने प्रचलन भएका कारणले कार्यक्रम स्थगित नगरी सम्मान थापेको अर्थमा लिनुपर्ने सचिवालयले जनाएको छ ।
यो आलोचना गर्ने विषय नभई कानून अनुसार राज्यको एउटा अंगले विशिष्ट ब्यक्तिलाई आफ्नो कार्यालय परिसरभित्र दिने सम्मानको सामान्य प्रक्रिया भएको सचिवालयले स्पष्टीकरण दिएको छ ।
यस्तो छ झाँक्रीको निजी सचिवालयको प्रष्टीकरण















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया