डोल्पामा टेलिफोन सेवा लिन १२ घण्टा पर्खनुपर्ने

जाजरकोट । मध्य डोल्पाका सर्वसाधारणले फोन सेवा पाउन प्रत्येक दिन १२ घण्टा पर्खनुपर्ने बाध्यता छ । ठूलीभेरी नगरपालिका त्रिपुरासुन्दरी नगरपालिका भित्र कभरेज रहने गरी सञ्चालनमा रहेको ठूलीभेरी नगरपालिका-७ जुफालस्थित टावर १२ घण्टा बन्द हुने गर्दछ ।
घाम लाग्ने समयभित्र मात्र टावरले काम गर्ने र अन्य समय टावर बन्द हुने गरेको ठूलीभेरी नगरपालिका–९ का स्थानीय अमर कठायतले बताए । टावर सञ्चालन गर्न राखिएका सोलारले काम नगर्दा घाम लाग्ने समयमा मात्र टावर सञ्चालनमा रहने कठायतले जानकारी दिए ।
दुनैमा रहेको जैरीगाड जलविद्युत आयोजनामा प्राविधिक समस्या आएर बन्द भएपछि विद्युत आपूर्ति बन्द भएसँगै त्यसको मारमा टेलिफोन टावर पनि परेको नेपाल टेलिकम डोल्पाले जनाएको छ ।
आकाश हैर्दै फोनको प्रतिक्षा
जुफाल टावरबाट उपलब्ध फोन सेवा लिन सर्वसाधारणहरू हिजोआज आकाश हेर्न बाध्य भएका छन् । ब्याट्री ब्याकअपको अभावमा प्रत्येक दिन बिहान बेलुकीनै टावर जाने गरेपछि सर्वसाधारणहरू आकाश हेर्न बाध्य भएका हुन् । बिहान घाम लागेर छिप्पिएपछि मात्र टावर आउने भएकाले फोनमा कुरा गर्न सबैभन्दा पहिला आकाशमा बादल छ कि छैन भनेर हेर्नुपर्ने त्रिपुरासुन्दरी नगरपालिका १ का स्थानीय रमानन्द उपाध्यायकाे भनाइ छ ।
‘आकाशमा बादल भएमा टावर आउँदैन्, ब्याट्री चार्ज नहुने भएकाले टावर जाने गरेको हो, जनताले यस्तो असुविधा भोग्दा पनि कसैले वास्ता गरेका छैनन्’, उनले भने, ‘हिजोआज सर्वसाधारणहरू फोनमा कुरा गर्न पनि बिहानै उठेर आकाश हेर्छन्, अनिमात्र फोनमा कुरा गर्न पाउने कुरामा ढुक्क हुन्छन् ।’

















दाङका ३ निर्वाचन क्षेत्र जोड्ने सडक पाँचवर्षदेखि अलपत्र
Woman killed another injured as tree crashes into house
प्रतिनिधिसभा निर्वाचनः फागुन २० गतेदेखि मतदान सम्पन्न नहुँदासम्म सवारीसाधन सञ्चालनमा रोक लगाइने
निर्वाचन आचारसंहिता उल्लंघनमा ८७ स्पष्टीकरण सोधियो, ५७ को मात्रै जवाफ
रसुवाका मतदान केन्द्रमा सिसी क्यामरा जडान
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
बालेनप्रति ओलीको कटाक्ष- बच्चालाई के बन्ने भनेर सोध्दा प्रधानमन्त्री भन्नसक्छ
अमेरिकी ‘सीमित आक्रमण’ पनि पूर्ण आक्रमणकाे रुपमा लिनेछाैँ : इरान
निर्वाचनका तीन दिन सीमानाकामा सवारीसाधन सञ्चालन निषेध
चुनावकाे मुखमा सिंहदरबार जलाउने आरोपीलाई सरकारी वकिलको उन्मुक्ति
प्रतिक्रिया