सोमबार, मंसिर २९, २०८२

आफूनिकट नेताहरुसँग शेखर कोइरालाको बैठक जारी

मेरोन्यूज २०७८ पुष २० गते १६:४३

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा। शेखर कोइरालाले आफूनिकट नेताहरुको बैठक बोलाएको छन्। बत्तीसपुतलीको अनुपम फुडल्याण्डमा मंगलबार दिउँसो आफूनिकट नेताहरुको बैठक केही समयअघिबाट जारी छ ।

उक्त बैठकमा महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्यद्वय अर्जुननरसिंह केसी र बलबहादुर केसी, नेताहरु डा.चन्द्र भण्डारी र डा. मिनेन्द्र रिजाल सहभागी छन्।

१४ औँ महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवासँग पराजित नेता कोइरालाले बैठक बोलाउनुको कारण खुलेको छैन।

प्रतिक्रिया