नेपाल बैंकद्वारा सर्वोत्कृष्ट विद्यार्थी खरेललाई सम्मान

काठमाडौं । नेपाल बैंक लिमिटेडले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संङ्काय अन्तर्गत स्नातकोत्तर तहमा सर्वोत्कृष्ट स्थान हासिल गरेका विद्यार्थी रामप्रसाद खरेललाई सम्मान गरेको छ ।
सर्वोत्कृष्ट स्थान हासिल गरि ‘नेपाल बैंक लिमिटेड सरदार गुञ्जमान सिंह स्वर्ण पदक’ प्राप्त गर्न सफल विद्यार्थी खरेललाई बैंकले एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभाग कीर्तिपुरबाट स्नातकोत्तर तह उत्तिर्ण विद्यार्थी खरेललाई त्रिभुवन विश्वविद्यालयको ४७ औं दिक्षान्त समारोहको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल बैंक लिमिटेड सरदार गुञ्जमान सिंह स्वर्ण पदक प्रदान गरेका थिए ।
वि.सं. २०२२ साल माघ ११ गते एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरि सुरु भएको उक्त पदक त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायमा सर्बोत्कृष्ट हुनेलाई प्रत्येक बर्ष दिक्षान्त समारोहको दिन प्रदान गरिँदै आएको नेपाल बैंकले जनाएको छ ।
नेपाल बैंक लिमिटेडको प्रधान कार्यालय धर्मपथमा आयोजित कार्यक्रममा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले पदक विजेता खरेललाई बधाई ज्ञापन गरेका थिए ।
कडा परिश्रमले सधैं सफलता मिल्दछ भन्दै यो पदक सम्पूर्ण विद्यार्थीहरुको लागि प्रेरणाको श्रोत बन्न पुगेको पनि अधिकारीले बताए ।
कार्यक्रममा पदक बिजेता विद्यार्थी खरेलले नेपाल बैंक लिमिटेडको नाममा स्थापित स्वर्ण पदक प्रदान गरेकोमा नेपाल बैक लिमिटेडप्रति आभार व्यक्त गरेका थिए ।









रास्वपाद्वारा समन्वय कार्यदल गठन
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
प्रतिक्रिया