नेपाल बैंकद्वारा सर्वोत्कृष्ट विद्यार्थी खरेललाई सम्मान

काठमाडौं । नेपाल बैंक लिमिटेडले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संङ्काय अन्तर्गत स्नातकोत्तर तहमा सर्वोत्कृष्ट स्थान हासिल गरेका विद्यार्थी रामप्रसाद खरेललाई सम्मान गरेको छ ।
सर्वोत्कृष्ट स्थान हासिल गरि ‘नेपाल बैंक लिमिटेड सरदार गुञ्जमान सिंह स्वर्ण पदक’ प्राप्त गर्न सफल विद्यार्थी खरेललाई बैंकले एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभाग कीर्तिपुरबाट स्नातकोत्तर तह उत्तिर्ण विद्यार्थी खरेललाई त्रिभुवन विश्वविद्यालयको ४७ औं दिक्षान्त समारोहको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल बैंक लिमिटेड सरदार गुञ्जमान सिंह स्वर्ण पदक प्रदान गरेका थिए ।
वि.सं. २०२२ साल माघ ११ गते एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरि सुरु भएको उक्त पदक त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायमा सर्बोत्कृष्ट हुनेलाई प्रत्येक बर्ष दिक्षान्त समारोहको दिन प्रदान गरिँदै आएको नेपाल बैंकले जनाएको छ ।
नेपाल बैंक लिमिटेडको प्रधान कार्यालय धर्मपथमा आयोजित कार्यक्रममा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले पदक विजेता खरेललाई बधाई ज्ञापन गरेका थिए ।
कडा परिश्रमले सधैं सफलता मिल्दछ भन्दै यो पदक सम्पूर्ण विद्यार्थीहरुको लागि प्रेरणाको श्रोत बन्न पुगेको पनि अधिकारीले बताए ।
कार्यक्रममा पदक बिजेता विद्यार्थी खरेलले नेपाल बैंक लिमिटेडको नाममा स्थापित स्वर्ण पदक प्रदान गरेकोमा नेपाल बैक लिमिटेडप्रति आभार व्यक्त गरेका थिए ।

















टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
प्रतिक्रिया