के होला विनोद चौधरी विरुद्धको उजुरी ?
चौधरीको कांग्रेसको केन्द्रीय सदस्य खारेजको माग गदैं कांग्रेस कार्यकर्ता नै निर्वाचन आयोगमा

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन सकिएको झण्डै महिना दिन हुन लागेको छ । तर यसपटक कांग्रेसमा सवैभन्दा वढी उठेको विषय भनेकै आरक्षण सिटमा पहुँचवालको पकड । महिला आरक्षणमा प्रधानमन्त्री पत्नी डा आरजु राणा देखि मधेसी कोटामा विनोद चौधरी सम्मको उम्मेदवारी र विजयले कांग्रेसभित्र आरक्षण सिट पहुँचवालाकै लागि मात्र निर्धारण भएको भनी टिप्पणी नभएको होइन ।
तर पनि डा आरजुले महिलामा र चौधरीले मधेसी कोटामा चुनाव जितेर केन्द्रीय सदस्य मात्र भएका छैनन, सपथ लिईवरी पार्टीको वैठकमा समेत सहभागिता जनाईसकेका छन् ।
आरजुको हकमा तयसपछि कुनै टिप्पणी नभएपनि उधोगपति विनोद चौधरीको हकमा भने फेरि अर्काे झमेला आईलागेको छ । त्यो हो, -उनी विरुद्ध निर्वाचन आयोगमा परेको उजुरी ।
कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित चौधरीको केन्द्रीय सदस्य पद नै खारेजको माग गदैं अहिले निर्वाचन आयोगमा उजुरी परेको छ । उजुरी दिने ब्यक्ति हुन्,- सिराहा क्षेत्र नम्बर ३ का महासमिति सदस्य सुभाषचन्द्र यादव । उनले असंवैधानिक रुपमा विनोद चौधरी कांग्रेसको केन्द्रीय सदस्य बनेको भन्दै निर्वाचन आयोगमा उनको पद खारेजीको माग गदै उजुरी दिएका छन् ।
यादवले चौधरीविरूद्ध बुधबार उजुरी दर्ता गराएका हुन् ।
कांग्रेसको पार्टी विधानमा १० वर्ष निरन्तर कांग्रेसको क्रियाशील सदस्य भएको महाधिवेशन प्रतिनिधि मात्र केन्द्रीय सदस्य उम्मेदवार हुन पाउने उल्लेख भएको भन्दै चौधरीको उक्त अवधी नपुगेको र उनी कांग्रेसको केन्द्रीय सदस्य हुन अयोग्य रहेकोले उनको केन्द्रीय सदस्य पद विधानत: असंम्वैधानिक रहेकोले खारेज गरी पाउ भन्दै यादवले निर्वाचन आयोगमा उजुरी दिएका हुन् ।
‘मधेशी खुल्ला पदमा निर्वाचित भएको भनिएको विनोद चौधरी कांग्रेसमा निरन्तर १० वर्ष क्रियाशील सदस्य नभएको निज २०७४ मा कांग्रेसमा प्रवेश गरेकोले निजको केन्द्रीय सदस्यमा उम्मेदवार नै हुन नपाउने स्पष्टै छ,’ उजुरीमा भनिएको छ।
चौधरीविरूद्ध कांग्रेस केन्द्रीय निर्वाचन समितिमा निवेदन दिँदा सुनुवाइ नभएकोले आयोग आउनुपरेको पनि यादवले उल्लेख गरेका छन् ।
‘नेपाली कांग्रेसको विधान विपरीत हुने गरी निवाचित भनिएको चौधरीको सम्बन्धमा कांग्रेस केन्द्रीय कार्यालय र कांग्रेस केन्द्रीय निर्वाचन समितिमा उजुरी गर्दा पनि कुनै सुनुवाइ नगरेबाट राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४, १५, १७, ५७ समेतको आधारमा प्रस्तुत उजुर निवेदन पत्र पेश गरेको छु,’ यादवको उजुरीमा उल्लेख छ ।











टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
प्रतिक्रिया