पर्यटनमन्त्रीको एक्सन
नारायणहिटीमा रजाँई गर्नेमाथि छानविन गर्न समिति गठन
तीन दिनभित्र प्रतिवेदन वुझाउन मन्त्री प्रेम आलेको निर्देशन

एक्सन १ : नारायणहिटी संग्रहालयभित्र रेष्टुरेन्ट लगायतका व्यवसाय गर्न बतास समूहलाई दिने हालसम्मका प्रक्रियाको छानबिनका लागि समिति गठन। तीन दिनभित्र प्रतिवेदन वुझाउन निर्देशन ।
एक्सन २ : पुस १६ मा नेपाल पर्यटन बोर्डको २३ औं वार्षिकोत्सवमा पर्यटन बोर्डका सिइओमाथी पर्यटनमन्त्री सार्वृजनिक मञ्चमै निक्कै जाइलागे । पर्यटन बोर्डमा धनञ्जय रेग्मी सीइओ रहेसम्म बोर्डको प्रगति नहुने भन्दै उनले रेग्मीलाई ‘साँढे’को आरोप लगाउदै भने,-‘धेरै रिसाउनुभो जाम् रक्सी खान भन्ने साँढेलाई राखेर बोर्ड चल्छ ?’
यी दुई घटना त पर्यटनमन्त्री प्रेम आलेले एक साताभित्र चालेका कदम र वोलेका अभिब्यक्ति हुन । जसले आले निक्कै चर्चामा छन्, यतिवेला ।
तत्कालिन केपी ओली नेतृत्वको सरकारमा बन मन्त्री बनेका आलेले ‘केपी ओली इज द केपी ओली, फुटबलको पेले जस्तै हो, जसरी बुझ्नु हुन्छ बुझ्नुस्’ देखि ‘रूखबाट हामी कार्बनडाईअक्साइड लिन्छौँ, र रूखलाई हामी अक्सिजन दिन्छौँ, त्यही रुख यदि भएन भने हामी कसरी बाँच्छौँ ? ’ भन्ने सम्मका चिप्लिएर दिएका बोलीले आले सधै स्टन्ट मात्र गर्न जान्ने मन्त्रीका रुपमा प्रचारित भए ।
तर यसपटक पनि उनको त्यो स्टन्ट रोकिएको छैन । आन्तरिक कार्यक्रमहरुमा वोल्दा हुने अभिब्यक्तिलाई उनले सार्वजनिक मञ्चमै पनि वोलेका छन् । यसले चर्चामा आइराख्न उनले अपनाउने स्टन्ट अझै पनि छ भन्ने देखाउँछ ।
तर यसपटक आलेले बोलीका कारण मात्र चर्चामा आउने काम गरेका छैनन, केही यस्ता काम पनि गरेका छन्, जसले उनी अहिलेको सरकारमा काम गर्ने मन्त्रीका रुपमा पनि चिनिनि थालेका छन् । यस्तै मध्येको एक निर्णय हो, – उनले विहिवार गरेको मन्त्रीस्तरीय एउटा निर्णय ।
नारायणहिटी दरवार संग्रहालयभित्र रेष्टुरेन्ट लगायतका व्यवसाय गर्न बतास समूहलाई दिने हालसम्मका प्रक्रियाको छानबिनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले विहिवार समिति गठन गरेका छन् ।
मन्त्रीस्तरीय निर्णयबाट उनले पर्यटन मन्त्रालयका सहसचिव होमप्रसाद लुईटेलको संयोजकत्वमा कर्मचारी प्रशासन शाखाका उपसचिव टेकनारायण पौडेल, आर्थिक व्यवस्थापन महाशाखाका लेखा नियन्त्रक सूर्यमणी गौतम र कानूनका उपसचिव पुरुषोत्तम खतिवडा सदस्य र शाखा अधिकृत टंकबहादुर नेगी सदस्य सचिव रहेको छानविन समिति गठन गरेका हुन् ।
समितिलाई यस विषयमा भएको के हो ? सत्यतथ्य सहित पेश गर्न भन्दै तीन दिनको समयावधि समेत मन्त्रीले दिएका छन् ।
शाहवंशीय राजाहरूले १ सय २२ वर्षसम्म शासन गरेको नारायणहिटी दरबार संग्रहालयभित्रको जग्गा र भवन व्यापारिक प्रयोजनमा तत्कालिन केपी ओली नेतृत्वकाके सरकारले भाडामा लगाउने सम्झौता गरेको थियो । बतास कम्पनीलाई महिनामा जम्मा २ लाख २१ हजार रुपैयाँमा भाडा आउने निश्चित गरी संग्रहालयभित्रको जग्गा भाडामा दिने सम्झौता गरेपछि त्यसभित्र धमाधम बतासले रोयल बगैंचा रेस्टुरेन्ट सञ्चालन गर्न नयाँ संरचना बनाउदै गरेको थियो ।
तर यो समाचार वाहिरिएपछि मन्त्री आलेले तत्काल काम रोक्न ठाडो निर्देशन गरेका थिए । त्यसपछि अहिले त्यहाँ वतासले काम रोकेको छ । यस विषयमा अध्ययन गर्न मन्त्री आलेले मन्त्रीस्तरको निर्णयका आधारमा छानविन समिति बनाएको हो ।
समितिले रिपोर्ट दिएपछि यस विषयमा थप एक्नमा जानका लागि उनले रिपोर्ट मन्त्रीपरिषद्को वैठकमा समेत लैजाने तयारी गरेका छन् ।
नेपाल ट्रस्टको स्वामित्वमा रहेको संग्रहालयभित्र रोयल बगैंचा रेस्टुरेन्ट सञ्चालन गर्न केपी शर्मा ओली नेतृत्वको सरकारकै पालामा १७ पुस २०७७ मा बतास समूहको बीपीएस लिजिङ कम्पनीसँग सम्झौता भएको थियो ।
दरवार संग्राहलयभित्रको जगग र भवन को संरक्षण गर्नुपर्नेमा ततकालिन सरकारले जथाभावी भाडामा लगाउने निर्णय गरेको भनी आलोचना भईरहेका बेला मन्त्री आलेले त्यस लाइृ रोक्ने र अनुसन्धान गर्नका लागि छानविन समिति बनाएर एक्सनमा उत्रन खोजेका छन् ।
















दुई लाख पुरस्कारको महिला फुटबल प्रतियोगिता आयोजना हुने
शनिबारदेखि अवरुद्ध बिपी राजमार्ग अझै खुलेन
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
नेकपाको केन्द्रीय संयोजन समिति बैठक बस्दै, नेताहरूको कार्यविभाजन गरिने
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
साँखुमा गोली चल्यो
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया