कोरोना बढेपछि प्रचण्डले रोके भेटघाट,पेरिसडाँडाका ५ जनालाई कोरोना पुष्टि

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रत्यक्ष वधाई तथा शुभाकामना कार्यक्रम रोकेका छन् । माओवादी केन्द्रको आठौं महाधिवेशनवाट पून अध्यक्षमा निर्वाचित भएपछि प्रचण्डलाई केही दिन यता पार्टीका नेता तथा कार्यकर्ता तथा शुभचिन्तक र अन्य राजनीतिक दलका नेता कार्यकर्ता वधाई तथा शुभकामना दिन निवास खुमलटार पुग्ने गरेका थिए ।
तर कोभिड संक्रमणको जेखिमलाई कारण देखाउँदै प्रचण्डको सचिवालयले विहिवार वाट नै प्रत्यक्ष भेटघाट गरेर वधाई तथा शुभकामना दिने कार्यक्रम स्थगित गरेको जनाएको छ ।
सचिवालयकै केही लाई कोभिडको संक्रमण देखिएको भन्दै पार्टीको नियमित प्रक्रियामार्फत हुने संस्थागत भेटघाटलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामार्फत व्यवस्थित गर्न कोसिस गर्ने र कतिपय सम्वाद, भेटघाट, बैठक र छलफललाई प्रविधिको प्रयोगमार्फत सहजिकरण गर्ने पनि प्रचण्डको सचिवालयले जनाएको छ ।
प्रचण्ड परिवार वुधबार भने हत्तिवन रिसोर्टमा गएर वसेको थियो ।
हेर्नुहोस प्रचण्डको सचिवालयको वक्तब्य
आदरणीय कमरेडहरु तथा शुभेच्छुक मित्रहरू,
पार्टीको ऎतिहासिक आठौं राष्ट्रिय महाधिवेशन सफलतापुर्वक सम्पन्न भएको र अध्यक्ष कमरेड प्रचण्ड पुनः अध्यक्ष निर्वाचित हुनुभएकोमा सम्पुर्ण राजनैतिक शक्ति, स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरु, सम्पुर्ण पार्टीपंक्ति तथा शुभेच्छुकहरुद्वारा व्यक्त गरिएको बधाई तथा शुभकामनाको लागि हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौं ।
राजनीतिक कामको व्यस्तता, भीडभाड र स्वास्थ्य सतर्कताको कमिका कारण काठमाडौं लगायतका विभिन्न स्थानमा बढेको कोभिड संक्रमण तथा स्वास्थ्यकर्मीहरुको समेत सुझावलाई मध्यनजर गर्दै विगत तीन दिन यतादेखि भौतिक रूपमा भेटेरै भैरहेको बधाई एवं शुभकामना आदानप्रदानलाई आजैका दिनदेखि रोकेको कुरा जानकारी गराउदछौं ।
यसकारण पर्न गएको अफ्ठ्यारोका लागि सचिवालय क्षमा चाहन्छ ।
हामीले पार्टीको नियमित प्रक्रियामार्फत हुने संस्थागत भेटघाटलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामार्फत व्यवस्थित गर्न कोसिस गर्नेछौं। कतिपय सम्वाद, भेटघाट, बैठक र छलफललाई प्रविधिको प्रयोगमार्फत सहजिकरण गर्नेछौं । केन्द्रीय कार्यालयका कतिपय जिम्मेवार कमरेडहरुलाई समेत कोभिड संक्रमण पुष्टि भएकोले कार्यालयमा हुने भीडभाडमा पनि उच्च स्वास्थ्य सतर्कता अपनाउन सबैमा हार्दिक अनुरोध गर्दछौं ।
– स्वकीय सचिवालय
पेरिसडाँडाका ५ जनालाई कोरोना पुष्टि
माओवादीको केन्द्रीय कार्यालयका ५ जनालाई कोरोना पुष्टि भएको छ । केन्द्रीय कार्यालयका कार्यालय सचिव डोरप्रसाद उपाध्याय, लेखा प्रमुख देवेन्द्र पराजुली, क्यान्टिन सञ्चालक सञ्जीव थापा, अंशु पुडासैनी र विनोद थापालाई कोरोना देखिएको छ । उनीहरुलाई कोरोना देखिएपछि पार्टीको केन्द्रीय कार्यलय वन्द गरिएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जनाएका छन् ।









जापानको उत्तरपूर्वी क्षेत्रमा ७.६ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की
टरिगाउँ विमानस्थलबाट असहायलाई भाडामा छुट
एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
एमाले महाधिवेशन : सचिव पदमा युवा नेताको लर्को
एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो
सुदूरपश्चिमको विजयी यात्रा रोकियो, विराटनगरको शानदार जित
एनपिएलमा प्लेसिसले पुरा गरे कीर्तिमानी अर्धशतक
प्रतिक्रिया