लागुऔषध कारोवारीमा हजुरबा नाति नै पक्राउ

महोत्तरी । प्रहरीले प्रतिबन्धित लागुऔषध (गाजा) बेचबिखन आरोपमा हजुरवा र नातिलाई नै पक्राउ गरेको छ । प्रहरीले महोत्तरीबाट चार जनालाई पक्राउ गरेको छ । त्यसमध्ये दुई जना हजुरवा नाति हुन् ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरीले गौशाला नगरपालिका-४ रजखोर बस्ने ७० बर्षीय रामचन्द्र साह र उनको २१ बर्षीय नाति रोहित साह, सोही वडाका ५३ वर्षीय उपेन्द्र साह र उनका १९ बर्षीय छोरा विवेक साहलाई बुधवार राति पक्राउ गरेको हो ।
रामचन्द्र साहको घरबाट बिक्रीको लागि पुरिया बनाएको गाजा तीन केजी, डिजिटल तराजु एक थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
२० पुस बेलुका साढे ६ बजे रामचन्द्र र उनको नाति रोहितलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बर्दिबास ल्याएर थप अनुसन्धान गर्दा उपेन्द्र साहको घरबाट पनि बिक्री हुने गरेको सूचना पाएको प्रहरी नायब उपरीक्षक तथा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।
रजखोरमा नै बस्ने साहको घरबाट पुरिया बनाइराखेको तयारी गाजा पाँच केजी, डिजिटल तराजु एक थान र बिक्री गरेको ६५ सय रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चारै जनालाई जिल्ला अदालतबाट लागुऔषध मुद्दामा पाँच दिन म्याद थप गरी इलाका प्रहरी कार्यालय गौशालाबाट थप अनुसन्धान भइरहेको प्रवक्ता विष्टको भनाइ छ ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया