फिलिपिन्समा बाल विवाह प्रतिबन्ध
मेरोन्यूज
२०७८ पुष २२ गते २१:०५
काठमाडौँ । फिलिपिन्समा बाल विवाह गर्न नपाइने व्यवस्था गरिएको छ । कानूनी रुपमा बाल विवाहलाई प्रतिबन्ध लगाउने व्यवस्था गरिएकाले बाल विवाहलाई फिलिपिन्समा अबदेखि अवैध मानिने भएको हो ।
बिहीबार घोषणा गरिएको कानूनअनुसार १८ वर्ष पूरा नभएका बालबालिकाहरूले विवाह गर्न नपाउने भएका छन् । यस्तै, एउटै कोठामा बस्न नपाउने भएका छन् ।
दक्षिण पूर्वी एसियाली मुलुक फिलिपिन्स धेरै बाल विवाह हुने मुलुकमध्ये १२ औँ स्थानमा पर्दछ । राष्ट्रपति रोड्रिगो डुतेर्तेले हस्ताक्षर गरेर जारी गरेको नयाँ कानुनले लैङ्गिक समानता, स्वास्थ्य अवस्था सुधार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।
उनले जारी गरेको कानून उलंघन गर्नेलाई १२ वर्ष जेल सजायको व्यवस्था गरिएको पनि समाचारमा जनाइएको छ ।
सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
प्रतिक्रिया