सोमबार, पुष १४, २०८२

फिलिपिन्समा बाल विवाह प्रतिबन्ध

मेरोन्यूज २०७८ पुष २२ गते २१:०५

काठमाडौँ । फिलिपिन्समा बाल विवाह गर्न नपाइने व्यवस्था गरिएको छ । कानूनी रुपमा बाल विवाहलाई प्रतिबन्ध लगाउने व्यवस्था गरिएकाले बाल विवाहलाई फिलिपिन्समा अबदेखि अवैध मानिने भएको हो ।

बिहीबार घोषणा गरिएको कानूनअनुसार १८ वर्ष पूरा नभएका बालबालिकाहरूले विवाह गर्न नपाउने भएका छन् । यस्तै, एउटै कोठामा बस्न नपाउने भएका छन् ।

दक्षिण पूर्वी एसियाली मुलुक फिलिपिन्स धेरै बाल विवाह हुने मुलुकमध्ये १२ औँ स्थानमा पर्दछ । राष्ट्रपति रोड्रिगो डुतेर्तेले हस्ताक्षर गरेर जारी गरेको नयाँ कानुनले लैङ्गिक समानता, स्वास्थ्य अवस्था सुधार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

उनले जारी गरेको कानून उलंघन गर्नेलाई १२ वर्ष जेल सजायको व्यवस्था गरिएको पनि समाचारमा जनाइएको छ ।

प्रतिक्रिया