सोमबार, पुष १४, २०८२

निर्माणमा अवरोध गरेको भन्दै आन्दोलन

मेरोन्यूज २०७८ पुष २३ गते ६:४०

काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ६ कसरौलमा निर्माण भइरहेको वडा कार्यालय भवनको काममा अवरोध गरिएको भन्दै वडावासीले आन्दोलन गरेका छन् ।

वडाका बासिन्दाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नेपाली सेनाले निर्माणमा रोक लगाएपछि निर्माण सञ्चालन गर्न माग गर्दै स्थानीय नगरपालिका कार्यालय पुगेका हुन् । आन्दोलित स्थानीयबासीले बिहीबार नगरपालिका कार्यालयमा तालाबन्दी गरेका थिए ।

नगर प्रमुख दिलबहादुर ऐरले निकुञ्जका प्रमुख संरक्षण अधिकृतसँग छलफल गरी निर्माणको कामलाई निरन्तरता दिन पहल गर्ने आश्वासन दिएपछि ताला खोलिएको थियो । उनले निकुञ्ज कार्यालयले वडा कार्यालय बनाउनेबारे सोधेको प्रश्नको जफाव पठाइसकिएको उल्लेख गर्दै निकुञ्जले अवरोध गर्नुको कुनै अर्थ नरहेको बताए ।

प्रतिक्रिया