कीर्ते गरी अमेरिका जान लागेका गाउँपालिका अध्यक्षमाथि कारबाहीको माग

काठमाडौँ । कीर्ते कागज बनाएर अमेरिका जान लागेका चिचिला गाउँपालिका अध्यक्ष पासाङ नुर्व शेर्पामाथि कारबाही गर्न नेकपा एमाले र नेकपा माओवादी केन्द्रले माग गरेका छन् । गत २४ मंसिरमा बसेको गाउँ कार्यपालिकाको बैठकले अमेरिकामा हुने छैठौं स्मार्ट सिटिज टेक्नोलोजी सिम्पोजियम एन्ड एक्जिबिसनमा सहभागी हुने जाने टोलीको खर्च गाउँपालिकाले व्यहोर्ने निर्णय गरेको थियो ।
गाउँपालिका अध्यक्षले अमेरिका भ्रमणका लागि संवैधानिक आयोगका सदस्य र छोरासहित नौ जनाको खर्च व्यहोर्ने गरी २४ मंसिरमा गाउँपालिकाबाट निर्णयको कीर्ते कागज बनाएका थिए । कीर्ते कागज बनाएर अमेरिका जान लागेको भन्दै दुवै दलले विज्ञप्तिमार्फत कारबाही माग गरेका हुन् ।
मंसिर २४ गते कार्यपालिकाको १०१ औँ बैठकले गरेको ११ औं नम्बरको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको नेकपा माओवादी केन्द्र चिचिला गाउँ कमिटीका अध्यक्ष डम्बर जंग गुरुङले बताए ।
एमाले जिल्ला कमिटी संखुवासभाले विज्ञप्ति जारी गर्दै विदेश भ्रमणको कार्यक्रम, सहभागी विनियोजित रकमबारे भएको नीतिगत निर्णय र आर्थिक अपचलनको विषयमा कारबाहीको माग गरेको छ । कागज कीर्ते गर्न गाउँपालिका अध्यक्ष शेर्पामाथि कडा कारबाही हुनु पर्ने एमाले अध्यक्ष जितबहादुर घिमिरेले बताए ।
गाउँपालिकाले नौ जनाको टोली अमेरिका पठाउने ७६ लाख ९६ हजार ५० रुपैयाँको अनुमानित खर्च विवरण पास गरेको थियो । अमेरिकामा हुने कार्यक्रममा सहभागि गराउन गाउँपालिका अध्यक्ष पासाङ नुर्बु शेर्पा, राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडा, महिला आयोगकी उपसचिव अञ्जु ढुंगाना, नायब सुब्बा मेगेन्द्र न्यौपाने, छोरा छोरा थिलेन शेर्पा, नरेश रिजाल, सुजिना भट्ट र दिपेश रिजाल पठाउने निर्णय गरको थियो ।
दलित आयोगका अध्यक्ष विश्वकर्मा, महिला आयोगकी सदस्य पौडेल, चिचिला गाउँपालिकाका अध्यक्ष शेर्पागरी तीन जनाले १० दिनको भ्रमण र दैनिक भत्ता (टीएडीए) बापत प्रतिव्यक्ति २२ सय ५० डलर (प्रतिदिन २ सय २५ डलर) पाउने उल्लेख छ ।
अञ्जु ढुंगाना थिलेन शेर्पा र नरेश रिजालले १२ सय ५०, मेगेन्द्र न्यौपाने, सुजिना भट्ट र दिपेश रिजालले नौ सय डलर ९९० डलर प्रतिदिन० का दरले टीएडीए पाउने गरी गाउँपालिकाले निर्णय गरेको थियो । गाउँपालिकाको ७७ लाख खर्चमा पालिका अध्यक्षसहित संवैधानिक आयोगका अमेरिका निर्णयको अहिले चौतरर्फी विरोध भएको छ ।













कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
पूर्वीनाकाबाट गोलभेँडाको आयात ९३२ प्रतिशतले बढ्यो
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु
निर्वाचन व्यवस्थापनसम्बन्धी दुई दिने अभिमुखिकरण सुरु
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
प्रतिक्रिया