सुनिल स्मृति साहित्य महोत्सवको तयारी तीव्र

मुगु । रोल्पाको सुलिचौरमा सुनिल स्मृति साहित्य महोत्सव हुने भएको छ । कार्यक्रम जिएम मुभिजको आयोजना र सुनिल स्मृति गाउँपालिको आर्थिक सहयोगमा हुन लागेको हो ।
आगामी शनिबार र आइतबार धनलक्ष्मीको ग्राउण्डमा हुन लागेको कार्यक्रमलाई पूर्वसभामुख कृष्णबहादुर महराले उद्घाटन गर्न लागेका हुन् । कार्यक्रममा माओवादी नेताहरू जोखबहादुर महरा र झक्कुप्रसाद सुवेदीको समेत विशेष उपस्थिति रहनेछ ।
आयोजकका अनुसार कार्यक्रममा १० वटा बहसका सेसनहरू सञ्चालन हुनेछन् । सुनिलको सपना सेसनमा वक्ताको रूपमा बाग्मती थापा प्रस्तुत हुनेछिन् भने उनलाई पत्रकार माधवकुमार वलीले सहजीकरण गर्नेछन् ।
कमरेडको खबर सेसनमा वक्ता झक्कु सुवेदी हुनेछन् भने सहजीकरण महेश न्यौपानेले गर्नेछन् ।
संसद्मा सर्कसमा वक्ता राजकुमार कुँवर छन् भने सहजीकरण नवीन लोचनले गर्नेछन् । त्यस्तै गाउँ जानेबाटोमा वक्ताहरू गुणेन्द्र घर्ती, रक्तिम पुन, दुर्गाबहादुर खड्का र बालाराम बुढा छन् भने सहजीकरण काँशिराम डाँगीले गर्नेछन् ।
बिर्सिएको युद्ध पर्यटनमा वक्ताहरू पुरण क्षेत्री, खेम बुढा र पृथ्वी पुन छन् । उनीहरूलाई मनीषा श्रेष्ठले सहजीकरण गर्नेछिन्। कार्यक्रममा राष्ट्रिय मुद्दाका विषयहरू पनि उठाइएको आयोजकले बताएको छ । कविले बिराएको बाटोमा कविहरू श्यामल अधिकारी र श्रवण मुकारुङ वक्ता छन् ।
उनीहरूलाई युवा पुस्ता चर्चित कवि घनश्याम अस्तित्वले सहजीकरण गर्नेछन् । धार्मिक सत्ताको पन्जामा रामचन्द्र ढकाल र कीर्तिमान पुन वक्ता रहनेछन् भने सहजकर्ता राजकुमार बानिया रहनेछन् ।
त्यस्तै कार्यक्रममा देशका विभिन्न जिल्लाबाट आएका शक्तिशाली कविहरूले कविता वाचन गर्नेछन् । कार्यक्रममा चौथो आयाममा काठमाडौंका थिएटर कलाकारहरूले नाटकसमेत प्रस्तुत गर्नेछन् ।









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
प्रतिक्रिया