बुधबार, पुष २, २०८२

अछाम एमाले अधिवेशनमा आज बन्दसत्र सुरु हुने

मेरोन्यूज २०७८ पुष २४ गते ७:४८

काठमाडौँ । नेकपा एमाले अछामका इञ्चार्ज झपट बोहराले नेपाली कांग्रेसको नेतृत्वमा पटकपटक सरकार बने पनि जनताका लागि कुनै उपलब्धि हासिल नभएको बताएका छन् । सडक, खानेपानी, सिचाई, शिक्षा, स्वास्थ्य क्षेत्रमा भएका उपलब्धि सबै केपी शर्मा ओली सरकारले अघि बढाएको उनले दाबी गरे ।

नेकपा एमाले अछामको आठौँ जिल्ला अधिवेशनको उद्घाटनमा केन्द्रीय सदस्यसमेत रहेका नेता बोहराले आम नेपाली गणना गर्न लायक ऐतिहासिक उपलब्धि कांग्रेस सरकारका पालमा हासिल नभएको बताए ।

एमाले अछामका सहइञ्चार्ज यज्ञ बोगटीले ओली सरकारको नेतृत्वले गरेका काम देखेर विरोधी दल शशंकित भएको बताए ।

पार्टीमा नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मालिका रंगशालामा बन्दसत्र सुरु हुने छ । बन्दसत्रमा ७ सय बढी प्रतिनिधि सहभागी हुने एमालेले जनाएको छ ।

प्रतिक्रिया