अछाम एमाले अधिवेशनमा आज बन्दसत्र सुरु हुने
मेरोन्यूज
२०७८ पुष २४ गते ७:४८

काठमाडौँ । नेकपा एमाले अछामका इञ्चार्ज झपट बोहराले नेपाली कांग्रेसको नेतृत्वमा पटकपटक सरकार बने पनि जनताका लागि कुनै उपलब्धि हासिल नभएको बताएका छन् । सडक, खानेपानी, सिचाई, शिक्षा, स्वास्थ्य क्षेत्रमा भएका उपलब्धि सबै केपी शर्मा ओली सरकारले अघि बढाएको उनले दाबी गरे ।
नेकपा एमाले अछामको आठौँ जिल्ला अधिवेशनको उद्घाटनमा केन्द्रीय सदस्यसमेत रहेका नेता बोहराले आम नेपाली गणना गर्न लायक ऐतिहासिक उपलब्धि कांग्रेस सरकारका पालमा हासिल नभएको बताए ।
एमाले अछामका सहइञ्चार्ज यज्ञ बोगटीले ओली सरकारको नेतृत्वले गरेका काम देखेर विरोधी दल शशंकित भएको बताए ।
पार्टीमा नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मालिका रंगशालामा बन्दसत्र सुरु हुने छ । बन्दसत्रमा ७ सय बढी प्रतिनिधि सहभागी हुने एमालेले जनाएको छ ।
सम्बन्धित
















दुई लाख पुरस्कारको महिला फुटबल प्रतियोगिता आयोजना हुने
शनिबारदेखि अवरुद्ध बिपी राजमार्ग अझै खुलेन
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
नेकपाको केन्द्रीय संयोजन समिति बैठक बस्दै, नेताहरूको कार्यविभाजन गरिने
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
साँखुमा गोली चल्यो
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया