अर्थमन्त्रीको आर्थिक लक्ष्यलाई राष्ट्र बैंकका गर्भनरकै चुनौति !
चालु वर्षको आर्थिक वृद्धिदर सात प्रतिशत पुर्याउन गाह्रो छ : गर्भनर

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको लक्ष्य अनुसार ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेरै देखाउने दाबी गरिरहेका बेला फेरि नेपाल राष्ट्र बैंकका गभर्नरले उनलाई चुनौति दिएका छन् ।
अर्थमन्त्रीले अर्थतन्त्रमा आजको आजै समस्या आएको नभई यसअघिका नीति नियम र समग्र ऐन कानुनले असर पारेको र अव ति समस्याहरु बिस्तारै समाधान हुँदै गएकोले लक्षित आर्थिक वृद्धि हासिल गर्न सकिने गरी धारणा राखिरहेका बेला अर्थमन्त्री शर्माको भनाईलाई राष्ट्र बैंकका गभर्नरले चुनौति दिएका हुन् ।
यस अगाडी नेपालको आर्थिक वृद्धिदर कस्तो रहन्छ भन्नेबारे अहिले नै केहि बोल्न नसकिने भन्दै धारणा सार्वजनिक गरिरहेका गभर्नर महाप्रसाद अधिकारीले आइतबार भने संसदको लेखा समिितको छलफलमा भने चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर र मूल्यवृद्धि तोकिएको लक्ष्यभित्र राख्न चुनौती देखिएको वताएका हुन् ।
संसदको लेखा समितिमा वर्तमान आर्थिक अवस्थाबारे धारणा राख्दै गर्भनर अधिकारीले यो वर्ष आर्थिक् वृद्धिदर तोकिएको सात प्रतिशतको नजिक पुग्न चुनौती नै चुनौति रहेको र त्यो अनुसारको लक्ष्य प्राप्ती गर्न कठिन रहेको धारणा राखेका हुन् ।
खासगरी धान उत्पादनमा आएको कमी, सेवा क्षेत्रमा निरन्तर परिरहेको कोरोनाको प्रभावले गर्दा लक्षित आर्थिक् वृद्धि नहुने गर्भनर अधिकारीले वताएका हुन् ।
आर्थिक वृद्दिदर मात्रै होइन, मूल्यवृद्धिलाई चालु आर्थिक वर्षमा ६दशमलव ५ प्रतिशत भित्र राख्ने लक्ष्य कायम राख्न समेत चुनौती थपिएको गर्भनर अधिकारीको भनाई थियो ।

















टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
प्रतिक्रिया