६१ जिल्लामा एमाले अधिवेशन
३७ जिल्ला नेतृत्व चुनावबाटै छान्ने, २४ जिल्लामा मात्रै सर्वसहमत
माओवादी छोडेर एमाले गएकालाई दुई जिल्लामा निर्विरोध उपसचिव

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले यतिबेला जिल्ला अधिवेशनको व्यस्ततामा छ । पुस २३ गते भूगोल र गैर भूगोलका गरी ६१ जिल्लाको जिल्ला अधिवेशन एकैपटक अध्यक्ष केपी ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए । ती जिल्लाका अधिवेशन अहिले नेतृत्व चयनको प्रक्रियामै छ ।
एमालेमा भूगोल र गैर भूगोलका गरी ८८ ओटा जिल्ला कमिटी छन् । जसमध्ये १६ हिमाली जिल्लामा हिमपात र चिसोका कारण अधिवेशन रोकिएको छ । केहीमा जिल्ला नेताको निधनका कारण रोकिएको अवस्था छ ।
तर, ६१ जिल्लामा शुरु भएको अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले सकेसम्म सहमतिमा नेतृत्व निर्माण गर्न, कसैलाई पनि मन नखुम्चाई सहमतिमा पुग्न र एउटा टिम स्पिरिटका साथ अगाडि बढ्न आग्रह गरे पनि ओलीले सोचेजस्तो नेतृत्व चयन सर्वसम्मत हुन सकिरहेका छैनन् ।
ओलीले पार्टीविरुद्ध घेराबन्दी हुन थालेको र एकताबद्ध भएर आगामी चुनावमा जानु पर्ने चुनौती पार्टीभित्र रहेको भन्दै सर्वसम्मत नेतृत्व चयनमा जोड गरेका थिए । तर, अहिलेसम्म मेरोन्यूजलाई प्राप्त सूचीअनुसार ३७ जिल्लामा नेतृत्व चयन चुनावबाटै छानिने प्रक्रियामा छ । त्यसका लागि कतिपय जिल्लामा आज मतदानको प्रक्रिया अगाडि बढेको छ । केही जिल्लामा अझै सहमतिको प्रयासका लागि नेताहरुले आकांक्षी नेताहरुसँग सम्वाद गरेर मेहनत गरिरहेको एमालेले जनाएको छ ।
६१ मध्ये २४ जिल्लाको नेतृत्व सर्वसम्मत चयन भएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ । दुई जिल्ला कपिलवस्तु र पश्चिम नवलपरासीमा भने चुनाव भएर पनि नतिजा आइसकेको छ ।
चुनाव हुने तयारीमा रहेका केही जिल्लामा अझै पनि मिलाउन सकिन्छ कि भनेर सर्वसम्मत प्रयास भइरहेको एमालेको भनाई छ । कतिपय जिल्लामा थप एक दुई दिन प्रक्रिया स्थगित गरेर सहमतिको प्रयास भइरहेको छ । चितवनमा २६ गतेसम्मलाई अधिवेशन स्थगित गरेर सहमतिको प्रयास भइरहेको एमाले नेताहरुले जनाएका छन् ।
कहाँ-कहाँ भए सर्वसम्मत
१) मकवानपुर
अध्यक्षमा एकलाल श्रेष्ठ, उपाध्यक्षमा लालबहादुर थापा, सचिवमा नवीन सिग्देल, उपसचिवमा हिदम लामा र सीता विष्ट सर्वसम्मत चयन ।
२) भक्तपुर
अध्यक्षमा बचन देउजा, उपाध्यक्षमा वासुदेव थापा, सचिवमा मोहनवीर श्रेष्ठ, उपसचिवमा दामोदर दंगाल र मिलन सुवाल चयन ।
३) काभ्रेपलाञ्चोक
अध्यक्षमा अशोक व्यञ्जु, उपसचिवमा रिता ढकाल निर्विरोध चयन । अन्य पदमा चुनाव हुने ।
४) बर्दिया
अध्यक्षमा लालबहादुर श्रेष्ठ, उपाध्यक्षमा शालिकराम अधिकारी, सचिवमा पदम ढकाल तथा उपसचिवमा पहारी थारु र टीका सम्सेली चयन ।
५) झापा
अध्यक्षमा दीपक कार्की, उपाध्यक्षमा प्रेम गिरी, सचिवमा शिव टुंगेल र उपसचिवमा चन्द्रा श्रेष्ठ र अशारु राजबंशी चयन ।
६) नुवाकोट
अध्यक्षमा बद्री मैनाली, उपाध्यक्षमा बुद्धिबहादुर प्रधान, सचिवमा सुदर्शन नेपाल, उपसचिवमा काशिराज अधिकारी र नीलकण्ठ आचार्य चयन ।
७) दाङ
अध्यक्षमा हुकुम बस्नेत, उपाध्यक्षमा राममणि पाण्डे, सचिमा मनोहर बुढाथोकी, उपसचिवमा कृष्ण भुसाल र हिरा देवी पुन चयन ।
८) पाल्पा
अध्यक्षमा धनेन्द्र घिमिरे, उपाध्यक्षमा देवीलाल लामिछाने, सचिव भोजराज पोखरेल, उपसचिव टीका थापा र सुनिता शर्मा चयन ।
९) रसुवा
अध्यक्षमा कर्णेल लामा, उपाध्यक्षमा दिल्ली सुवेदी, सचिवमा जनार्दन ढकाल, उपसचिवमा कैसाङ नुर्पु तामाङ र बेली बुलुन चयन ।
१०) खोटाङ
अध्यक्षमा रामप्रसाद दंगाल, उपाध्यक्षमा देवविक्रम राई, सचिवमा कुमार आचार्य, उपसचिव दीपनारायण रिजाल र सुरेन्द्र राई चयन ।
११) मोरङ
अध्यक्षमा ऋषिकेश पोखरेल चयन ।
१२) धनकुटा
अध्यक्षमा इन्द्रमणि पराजुली चयन ।
१३) सप्तरी
अध्यक्षमा ताराकान्त चौधरी चयन ।
१४) धादिङ
अध्यक्षमा भूमी त्रिपाठी चयन ।
१५) गोरखा
अध्यक्षमा प्रेम गुरुङ चयन ।
१६) तनहु
अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ चयन ।
१७) गुल्मी
अध्यक्षमा बालकृष्ण काउछा मगर चयन ।
१८) अर्घाखाची
अध्यक्षमा पिताम्बर भुसाल चयन ।
१९) बाँके
अध्यक्षमा किस्मत कुमार कक्षपती चयन ।
२०) रुपन्देही
अध्यक्षमा तेजेन्द्र केसी चयन ।
२१) डोल्पा
अध्यक्षमा शेरबहादुर बुढा चयन ।
२२) सल्यान
अध्यक्षमा गोविन्द पुन मगर चयन ।
२३) मजदूर विशेष गैह भौगोलिक जिल्ला
अध्यक्षमा जितेन्द्र श्रेष्ठ चयन
२४) पेशागत विशेष गैह भौगोलिक जिल्ला
अध्यक्षमा उमेश ढकाल चयन ।
दुई जिल्लामा निर्वाचनपछि नेतृत्व
पश्चिम नवलरासी र कपिलवस्तुमा भने निर्वाचनपछि एमालेले जिल्ला नेतृत्व पाएको छ । सहमति प्रयास असफल भएपछि यी दुई जिल्लामा एमालेले जिल्ला अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिवको चुनाव गराएको थियो ।
पश्चिम नवलपरासीमा अध्यक्षमा दीपेन्द्र अधिकारी निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी थानप्रसाद गैरेलाई पराजित गरेका हुन् । उपाध्यक्षमा डोलराज भण्डारी निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी लेखनाथ खरेललाई पराजित गरेका हुन् । सचिवमा धिरज शर्मा विजयी भएका छन् । उनले प्रतिस्पर्धी सुभास जिसीलाई पराजित गरेका हुन् । त्यस्तै उपसचिवमा रिङकला यादव र राजन कुमार आचार्य विजयी भएका छन् ।
त्यस्तै, निर्वाचनबाट परिणाम आएको अर्काे जिल्ला कपिलवस्तु हो । कपिलवस्तुको अध्यक्षमा डम्मर शर्मा निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी बाबुराम खनाललाई पराजित गरेका हुन् । उपाध्यक्षमा विश्रामप्रसाद थारु निर्वाचित भए । सचिवमा भने विश्व कार्की निर्वाचित भएका छन् । उपसचिवमा अर्जुन केसी र विकास आचार्य विजयी भएका छन् ।
दुई जिल्लामा माओवादी छोडेर एमाले गएकालाई उपसचिव
भक्तपुर र काभ्रेपलाञ्चोक दुई जिल्लामा माओवादी छोडेर एमाले गएका दुई जिल्ला नेताले उपसचिवको जिम्मेवारी पाएका छन् । सर्वसम्मत पदाधिकारी चयन भएका यी दुई जिल्लामा नेकपा विभाजनपछि माओवादी छोडेर एमालेमा पुगेका नेताले उपसचिवको जिम्मेवारी पाएका हुन् ।
काभ्रेमा रिता ढकाल उपसचिव निर्विरोध चयन भइन् । उनी तत्कालीन समयमा माओवादीबाट मण्डनदेउपुर नगरपालिकाको मेयरको उम्मेदवार थिइन् । नेकपा विभाजनपछि उनी माओवादी नफर्केर एमालेमा नै रहेकी थिइन् । त्यस्तै, भक्तपुरमा उपसचिव बनेका मिलन सुवाल पनि पहिले माओवादी थिए । माओवादी केन्द्रबाट प्रदेश सभा चुनावमा उम्मेदवारसमेत बनेका सुवाल पनि नेकपा विभाजनपछि एमालेमै रहे । उनी माओवादी फर्केनन् ।
अहिलेसम्म आएका नतिजाअनुसार माओवादी छोडेर एमालेमा रहेका दुई जनाले जिल्ला उपसचिवको जिम्मेवारी प्राप्त गरेका हुन् ।
०००
















आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तातो दिन, अन्य प्रदेशमा बादल लाग्ने
राष्ट्रपति पुटिन भेट्न इरानी विदेशमन्त्री रुसमा
आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने
रुस र उत्तर कोरियाबीच ‘दीर्घकालीन’ सैन्य सहकार्यका लागि सहमति
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया