७७ वर्षीय वृद्धा बलात्कृतको घटना मिलाउने वडा सदस्यसहित पाँच पक्राउ
कैलाली । कैलालीमा बलात्कार घटना मिलापत्र गराउने पाँच जना पक्राउ परेका छन् । जिल्लाको घोडाघोडी नगरपालिका ४ जनकपुरबाट वडा सदस्यसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सोही ठाउँका ५३ वर्षीय वडा नम्बर ४ का पूर्व वडा सचिव यज्ञराज आचार्य, वडा सदस्य वर्ष ५४ का लक्ष्मी रुद्र न्यौपाने, वर्ष ४३ का शिक्षक होम प्रसाद सुवेदी, वर्ष ३४ का राजु भट्टराई र जर्बजस्ती करणी गर्ने वर्ष ३० का प्रकाश सुवेदीलाई इलाका प्रहरी कार्यालय सुखडले पक्राउ गरेको छ । मिलापत्र गर्ने अन्य केही फरार रहेको बताइन्छ ।
मसिंर १५ गते सोही ठाउँकी ७७ वर्षीया चौधरी समुदायको महिलालाई मदिरा सेवन गरी प्रकाश सुवेदीले खेतमा लगेर बलात्कार गरेका थिए । घटना बाहिरिने डरले अर्को दिन पीडित पक्षलाई तीन लाख दिने भनेर मिलापत्र गरेका थिए । तर, ३ लाखमध्ये १ लाख नदिँदा घटना करिब एक महिनापछि बाहिरिएको हो ।
उक्त कसुरमा पुस २१ गते इलाका प्रहरी कार्यालय सुखडमा जाहेरी दरखास्त प्राप्त भएपछि सोही दिन प्रतिवादीसहित मिलापत्र गराउने पाँच जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । उनीहरूमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













सुनचाँदीको मूल्य हालसम्मकै उच्च
थारू समुदाय माघीका लागि ढिक्री बनाउन व्यस्त
सासूको उत्प्रेरणाले ‘मिनिल्याप’ गराउँदै बुहारीहरू
काठमाडौँ विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
प्रतिक्रिया