म्यानमारमा आयोजना हुने मिसेज ग्राण्ड २०२२ मा नेपालबाट उप्रेती चयन

काठमाडौँ । म्यानमारको माण्डलेमा आयोजना हुने मिसेस ग्रान्ड इन्टरनेशन २०२२ मा नेपालको सहभागिता जनाउन उर्मिला उप्रेती सिलवाल मिसेस ग्रान्ड इन्टरनेशनल नेपाल २०२१ चयन भएकी छन् ।
रिवन इन्टरटेनमेन्टले राजधानीको अनामनगरस्थित बसेरा बुटिक होटलमा आयोजित एक कार्यक्रमका बीच उर्मिलालाई मिसेस ग्रान्ड इन्टरनेशनल नेपाल २०२१ ताज पहिराएको हो । समारोहमा प्रमुख अतिथी नेपाली सेनाका पूर्व प्रधानसेनापती रुक्मागत कटुवाल, सौन्दर्य प्रतियोगिता संघकी उपाध्यक्ष रमी श्रेष्ठ बज्राचार्य, पत्रकार विदुर गिरी, गायक तथा नेपाल आयल निगमका पूर्व निर्देशक सीताराम पोखरेल र पेजेन्ट निर्देशक निशुकान्त झाले क्राउन तथा स्यास पहिराएका थिए।
कोरियोग्राफर तथा इभेन्ट सञ्चालक अश्विनीकान्त झाद्वारा सञ्चालित समारोहमा प्रमूख अतिथी कटुवाल, मिसेस नेपाल वल्र्ड दीक्षा केसी, मिसेस नेपाल इन्टरनेशनल २०१८ तथा मिसेस एसिया प्यासिफिक चन्दा थापा गिरी, मिसेस नेपाल इन्टरनेशनल २०१९ भाविशा कोइराला, गायक सिताराम पोखरेल, शिक्षाविद पूर्ण लामा, सुदन डोटेललगायतले उर्मिलालाई सफलताको शुभकामना दिएका थिए । त्यसै गरी मिसेस ग्रान्ड इन्टरनेशनल नेपाल २०२१ उर्मिला उप्रेती सिलवालले मिसेस ग्रान्ड इन्टरनेशन २०२२ मार्फत नेपाललाई विश्वसामू चिनाउने प्रयास गर्ने बताइन् ।
रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाका अनुसार मिसेस ग्रान्ड इन्टरनेशनल नेपाल २०२१ उर्मीला उप्रेती सिलवाललाई रिवन इन्टरटेनमेन्टको सहकार्यमा आगामी अप्रिलमा म्यानमारको माण्डेलामा हुने मिसेस ग्रान्ड इन्टरनेशनल २०२२ मा नेपालको प्रतिनिधित्व गराइने छ। भैरहवाकी उर्मिला केही अघि रिवन इन्टरटेनमेन्टको आयोजनामा राजधानीमा सम्पन्न मिसेस नेपाल वर्ल्डमा अन्तिम चरणसम्म पुग्न सफल भएकी थिइन् ।









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
प्रतिक्रिया