आइतबार, चैत १, २०८२

म्यानमारमा आयोजना हुने मिसेज ग्राण्ड २०२२ मा नेपालबाट उप्रेती चयन

मेरोन्यूज २०७८ पुष २५ गते २०:३९

काठमाडौँ । म्यानमारको माण्डलेमा आयोजना हुने मिसेस ग्रान्ड इन्टरनेशन २०२२ मा नेपालको सहभागिता जनाउन उर्मिला उप्रेती सिलवाल मिसेस ग्रान्ड इन्टरनेशनल नेपाल २०२१ चयन भएकी छन् ।

Advertisement
nepal life insurencenepal life insurence

रिवन इन्टरटेनमेन्टले राजधानीको अनामनगरस्थित बसेरा बुटिक होटलमा आयोजित एक कार्यक्रमका बीच उर्मिलालाई मिसेस ग्रान्ड इन्टरनेशनल नेपाल २०२१ ताज पहिराएको हो । समारोहमा प्रमुख अतिथी नेपाली सेनाका पूर्व प्रधानसेनापती रुक्मागत कटुवाल, सौन्दर्य प्रतियोगिता संघकी उपाध्यक्ष रमी श्रेष्ठ बज्राचार्य, पत्रकार विदुर गिरी, गायक तथा नेपाल आयल निगमका पूर्व निर्देशक सीताराम पोखरेल र पेजेन्ट निर्देशक निशुकान्त झाले क्राउन तथा स्यास पहिराएका थिए।

कोरियोग्राफर तथा इभेन्ट सञ्चालक अश्विनीकान्त झाद्वारा सञ्चालित समारोहमा प्रमूख अतिथी कटुवाल, मिसेस नेपाल वल्र्ड दीक्षा केसी, मिसेस नेपाल इन्टरनेशनल २०१८ तथा मिसेस एसिया प्यासिफिक चन्दा थापा गिरी, मिसेस नेपाल इन्टरनेशनल २०१९ भाविशा कोइराला, गायक सिताराम पोखरेल, शिक्षाविद पूर्ण लामा, सुदन डोटेललगायतले उर्मिलालाई सफलताको शुभकामना दिएका थिए । त्यसै गरी मिसेस ग्रान्ड इन्टरनेशनल नेपाल २०२१ उर्मिला उप्रेती सिलवालले मिसेस ग्रान्ड इन्टरनेशन २०२२ मार्फत नेपाललाई विश्वसामू चिनाउने प्रयास गर्ने बताइन् ।

रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाका अनुसार मिसेस ग्रान्ड इन्टरनेशनल नेपाल २०२१ उर्मीला उप्रेती सिलवाललाई रिवन इन्टरटेनमेन्टको सहकार्यमा आगामी अप्रिलमा म्यानमारको माण्डेलामा हुने मिसेस ग्रान्ड इन्टरनेशनल २०२२ मा नेपालको प्रतिनिधित्व गराइने छ। भैरहवाकी उर्मिला केही अघि रिवन इन्टरटेनमेन्टको आयोजनामा राजधानीमा सम्पन्न मिसेस नेपाल वर्ल्डमा अन्तिम चरणसम्म पुग्न सफल भएकी थिइन् ।

प्रतिक्रिया