बिहीबार, वैशाख १०, २०८३

दाङमा सवारी दुर्घटना हुँदा नौ महिने शिशुको मृत्यु

मेरोन्यूज २०७८ पुष २६ गते ९:४१

दाङ । दाङमा बस दुर्घटनामा एक जना शिशुको मृत्यु भएको छ ।

Advertisement
NiccNicc

पूर्वपश्चिम राजमार्गको लमही–भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका–५ सिसहनियाँस्थित दालाई खोला नजिक विरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो । दुर्घटनामा ९ जना यात्रु घाइते भएका छन् ।

९ महिने शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । मृत्यु हुनेमा भारत जिल्ला मोतीहार बस्ने असिर आलकका छोरा नानु आलम रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते शिशुको उपचारका लागि कोहलपुर लग्दै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले बताएको छ ।

घाइते हुनेमा पर्सा जिल्ला विरगञ्ज उपमहानगरपालिका–१६ बस्ने वर्ष ३५ का रतन शाही, रौतहट जिल्ला पुर्वाह गाउँपालिका–६ बस्ने वर्ष ३४ का रामविनायक कुर्मी, भारत जिल्ला विहार बस्ने वर्ष ४० का सन्सात खातुन, सोही ठाउँ निवासी एन्डिल आलक, सुर्खेत जिल्ला सिन्चु नगरपालिका–९ बस्ने वर्ष १७ का दिलबहादुर क्षेत्री रहेका छन् ।

अन्य घाइतेमा बर्दिया जिल्ला गेरुवा गाउँपालिका १ बस्ने वर्ष ३८ का पुर्णप्रसाद पाण्डे, बाँके जिल्ला कोहलपुर नगरपालिका १८ बस्ने वर्ष ३५ की शान्ता वली, हुम्ला जिल्ला तातोपानी गाउँपालिका ७ बस्ने वर्ष ४५ का धनबहादुर रावत र सोही ठाउँ बस्ने वर्ष ५२ का गोरख रावत रहेका छन् । बसमा २० जना यात्रु सवार रहेका थिए ।

प्रतिक्रिया