कालिजलाई ताकेको बन्दुकको छर्रा लाग्दा युवकको मृत्यु, ६ जना पक्राउ
मेरोन्यूज
२०७८ पुष २६ गते १०:२२

पोखरा । स्याङ्जामा गोली लागेर एक युवकको मृत्यु भएको छ । कालिखर्क जंगलमा पुस २० गते राति कालिजको शिकार गर्ने क्रममा गोली लागेर आँधिखोला गाउँपालिका–१ कालिखर्कका २७ वर्षीय मनोज विकको मृत्यु भएको हो ।
भरुवा बन्दुकको छर्रा लागेर विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । घटनापछि फरार भएका ६ जनालाई आइतबार पक्राउ गरिएको छ ।
आँधिखोलाका भीमबहादुर सुनार, सोही ठाउँकै सुनिल विक, रेवत पौडेल र धनबहादुर विक समातिएका छन् । सोही ठाउँका गोविन्द अधिकारी र साजन कामीलाई बुटवल बसपार्कबाट पक्राउ गरिएको स्याङजाका डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए ।
उनीहरुलाई कर्तब्य ज्यान मुद्दामा म्याद थपेर अनुसन्धान अघि बढाइएको अधिकारीले बताए ।
सम्बन्धित













घट्यो पेट्रोलियम पदार्थको मूल्य
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धिः नेपाल पत्रकार महासङ्घ
नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई दिँदैछ बिदाइ
सरकारलाई सुशासनको जग बसाल्ने र निर्वाचन गर्ने कार्यादेश छ : प्रधानमन्त्री कार्की
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
कुलमान घिसिङ रास्वपाको उपसभापति, रास्वपाको महामन्त्री उज्यालोबाटै बनाइने
प्रतिक्रिया