भारतमा कोभिडविरुद्ध बुस्टर डोज दिन सुरु

नयाँदिल्ली । भारतमा निश्चित वर्गलाई लक्षित गरी कोभिडविरुद्ध बुस्टर डोज दिन थालिएको छ । संक्रमण तीव्र फैलिरहेका बेला सरकारले स्वास्थ्यकर्मी, अग्रपक्तिमा खटिएका व्यक्ति र ६० वर्ष माथिका बृद्धबद्धालाई बुस्टर दिन सुरु गरेको हो ।
भारतमा ओमिक्रोनका कारण संक्रमण तीव्र फैलिएको छ । बुस्टर डोजले कोभिडविरुद्ध रक्षा गर्ने विभिन्न अध्ययनले देखाएका छन् ।
तीव्र वेगमा फैलिने ओमिक्रोन सर्वप्रथम नोेभेम्बरमा दक्षिण अफ्रिकामा देखिएको थियो । त्यस यता विभिन्न देशहरुले बुस्टर कार्यक्रमलाई विस्तार गरेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुस्टर डोजलाई ‘सावधानी डोज’ बताउँदै आएका छन् । बुस्टरअन्तर्गत पहिलो र दोस्रो डोज लगाएका व्यक्तिलाई तेस्रो पटक सोही खोप दिइन्छ ।
भारतमा मुख्यतया स्थानीयस्तरमा निर्माण गरिएका दुई ओटा खोप कोभिडशिल्ड र कोभ्याक्सिन प्रयोग गरिएको छ । सन् २०२१ को जनवरीदेखि खोप अभियान सुरु भएको थियो ।
















त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
देशभरका यी नौ जिल्ला डढेलोको उच्च जोखिममा
‘ब्लु हिल’मा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै
‘एसियन हाइवे’ निर्माण दुई वर्षमा ३५ प्रतिशत
दुई हजार एक सय जना एमालेमा प्रवेश
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
प्रतिक्रिया