सात दिनमै थपियो ५८ अर्ब बराबरको निक्षेप
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले आगामी माघ महिनाभित्र तरलताको अभावको समस्या समाधान हुने घोषणा गरेकै दिन बैंक तथा वित्तीय संस्थामा उल्लेख्य मात्रामा तरलता उपलब्ध भएको विवरण सार्वजनिक भएको छ । यही पुसदेखि नै बैंक तथा वित्तीय संस्थामा तरलता सहज हुन थालेको थियो ।
नेपाल बैंकर्स सङ्घले उपलब्ध गराएको विवरणअनुसार यही पुस २३ गतेसम्म निक्षेप रु ५८ अर्बले वृद्धि भएको छ । सात दिनमा रु ५८ अर्बले निक्षेप थपिँदा नौ अर्ब मात्रै कर्जा प्रवाह भएको छ । सङ्घका अनुसार पुस १६ गतेसम्म बैंकमा ४२ खर्ब ४९ अर्ब निक्षेप रहेकामा पुस २३ गते पुग्दा निक्षेप बढेर ४३ खर्ब सात अर्ब पुगेको छ । सो अवधिमा कर्जा ४० खर्ब ९९ अर्बबाट बढेर ४१ खर्ब आठ अर्ब बराबर पुगेको छ ।
नेपाल राष्ट्र बैंकले स्थानीय तहको बैंकमा रहेको मौज्दातको ८० प्रतिशत बराबरको रकम निक्षेपमा गणना गर्न दिने निर्णय गरेकाले त्यसको सकारात्म्क प्रभाव परेको हो । यस्तै, सो अवधिमा अन्तर बैंकको ब्याजदरमा समेत गिरावट आएको छ ।
















आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तातो दिन, अन्य प्रदेशमा बादल लाग्ने
राष्ट्रपति पुटिन भेट्न इरानी विदेशमन्त्री रुसमा
आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने
रुस र उत्तर कोरियाबीच ‘दीर्घकालीन’ सैन्य सहकार्यका लागि सहमति
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया