क्रान्तिकारी पत्रकारमा जिम्मेवारी बाँडफाँड

काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध क्रान्तिकारी पत्रकार महासंघले कार्य विभाजन गरेको छ । क्रान्तिकारी पत्रकार महासंघले सोमबार काठमाडौँको घट्टेकुलोस्थित इच्छुक सांस्कृतिक प्रतिष्ठानमा सम्पन्न केन्द्रीय समिति बैठकले कार्य विभाजन गरेको हो ।
कार्य विभाजनअनुसार, प्रदेश १ संयोजकमा मधुकर थापा, बाग्मतीमा सचिव रणसुर महतरा, उपत्यका प्रदेश समितिमा सागर श्रेष्ठ, गण्डकीमा उपाध्यक्ष रामकुमार श्रेष्ठ, लुम्बिनीमा उपाध्यक्ष दामोदर खनाल र सुदूरपश्चिममा कोषाध्यक्ष धनन्जय अवस्थीलाई संयोजकको भूमिका प्रदान गरिएको महासंघ अध्यक्ष नारायण पंगेनीले जानकारी दिए ।
साथै क्रान्तिकारी पत्रकार महासंघले आगामी तीन महिना देशैभर संगठन सुदृढ तथा विस्तार अभियान सञ्चालन गर्ने भएको छ । बैठकले चैत्र मसान्तसम्म प्रदेश र जिल्लाका भेला सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको छ ।
नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणको विशेष उपस्थितिमा बसेको बैठकले तीन महिना राष्ट्रियताको बारेमा संघर्ष अभियान पनि चलाउने निर्णय गरेको छ । बैठकमा क्रान्तिकारी माओवादी महासचिव वैद्यले वर्तमान अवस्थामा जनपक्षीय पत्रकारहरुको भूमिका झन बढेर गएको बताए ।
उनले संसदवादी हावा हुन्डरीका बीच क्रान्तिकारी पत्रकारहरुले राष्ट्रियता जनतन्त्र र जनजिविकाको पक्षमा कलम चलाएको भन्दै एमसीसीका विरुद्ध देशभक्तहरु एकजुट हुने समय आएको बताए ।
















पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
सञ्चारमन्त्री डा तिमिल्सिनासँग जापानी राजदूतको शिष्टाचार भेट
Cabinet decides to promote AIG Poudel as APF Chief
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सञ्चारमन्त्री तिमिल्सिनासँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
प्रतिक्रिया