युगाण्डामा दुई वर्षपछि विद्यालय खुल्यो
काठमाडौँ । युगाण्डामा सोमबारदेखि विद्यार्थीले विद्यालयमै उपस्थित भएर अध्ययन गर्न थालेका छन् । विश्वमै सबैभन्दा लामो समयसम्म विद्यालय बन्द भएर सोमबारदेखि भौतिक उपस्थितिमा पठनपाठन सुरु भएको हो ।
युगाण्डामा कोरोना भाइरस महामारीका कारण झन्डै दुई वर्ष विद्यालय बन्द भएकोमा सोमबारदेखि खुल्ला भएको अधिकारीहरूले जनाएका छन् । युगाण्डामा सन् २०२० को मार्चदेखि ८३ हप्तासम्म विद्यालय बन्द भएको हो ।
विद्यालय खुल्ला भएपछि विद्यार्थीहरू खुशी भएर विद्यालय फर्किएका छन् । “विद्यालयमै उपस्थित भएर पढ्न पाउँदा मलाई धेरै खुशी लागेको छ, विगतमा विद्यालय बन्द हुँदा मैले विद्यालयमा उपस्थित भएर पढ्न पाएको थिएन भने मेरा साथी, शिक्षकशिक्षिका र मेरो पढाइ गुमाएको थिएँ,” १० वर्षीय विद्यार्थी नाविलाह सेन्कुगौले भने ।
विद्यालयमा उपस्थित भएका विद्यार्थी तथा शिक्षकशिक्षिकाले मुखमा मास्क लगाउनुका साथै पटकपटक हात धोएका थिए । विश्वका धेरै देशमा कोरोना भाइरसको महामारी फेरि फैलिन थालेका बेला युगाण्डामा विद्यालय खुलेका हुन् ।
युगाण्डामा अहिलेसम्म एक लाख ५३ हजार ७६२ जना कोरोना सङ्क्रमित भएका छन् । यस्तै, तीन हजार ३३९ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।









जापानको उत्तरपूर्वी क्षेत्रमा ७.६ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की
टरिगाउँ विमानस्थलबाट असहायलाई भाडामा छुट
एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
एमाले महाधिवेशन : सचिव पदमा युवा नेताको लर्को
एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो
सुदूरपश्चिमको विजयी यात्रा रोकियो, विराटनगरको शानदार जित
एनपिएलमा प्लेसिसले पुरा गरे कीर्तिमानी अर्धशतक
प्रतिक्रिया