आइतबार, पुष ६, २०८२

एमाले प्रदेश अधिवेशन सर्‍यो

मेरोन्यूज २०७८ पुष २८ गते ६:४९

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको प्रदेश अधिवेशन सरेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको बढ्दो जोखिमका कारण आगामी माघ ८ गते तोकिएको प्रदेश अधिवेशन सरेको हो ।

नयाँ कार्य तालिकाअनुसार माघ २८ र २९ गते रोकिएको अधिवेशन बस्ने एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । एमालेले यही पुस २३ गते ६१ जिल्लाको अधिवेशन सम्पन्न गरेको छ । बाँकी १६ जिल्लाको अधिवेशन छ ।

कोरोना भाइरस संक्रमणको बढ्दो जोखिम र सोही कारण सरकारले २५ जनाभन्दा बढी मानिस जम्मा गरेर कुनै सभा, सम्मेलन, गोष्ठी नगर्न गरेको आग्रहलाई ध्यानमा राखेर अधिवेशन सारिएको एमालेले जनाएको छ ।

प्रतिक्रिया