सामुदायिक वनका समस्या समाधान गर्छौं : मुख्यमन्त्री पोखरेल
मेरोन्यूज
२०७८ पुष २८ गते ७:४२

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सामुदायिक वनका समस्याको समाधान गर्न गण्डकी प्रदेश सरकार तयार रहेको बताएका छन् ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिका–१७ स्थित चौतारी सामुदायिक वन उपभोक्ता समूहले मंगलबार आयोजना गरेको रजत जयन्ती कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले आगामी दिनमा सामुदायिक वनका समस्यालाई प्राथमिकतामा राखेर बजेट ल्याउने बताए ।
‘सामुदायिक वनमा विभिन्न खालका समस्या छन्,’ उनले भने, ‘ती समस्या समाधानका लागि प्रदेश सरकारले विशेष पहल र बजेटको व्यवस्था गर्छ ।’ प्रदेशका सामुदायिक वनका समस्या समाधानमा आफू अग्रसर रहने उनले प्रतिबद्धता जनाए ।
सम्बन्धित










आज तराईमा हुस्सु-कुहिरो बढ्ने : मौसम महाशाखाले जारी गर्यो चेतावनी
आज दुई संसदीय समितिको संयुक्त बैठक बस्दै
अर्थपूर्ण भारत भ्रमणमा डा. बाबुराम भट्टराई
मधेस प्रदेशमा सभामुख चयनका लागि आज निर्वाचन
आज विश्व ध्यान दिवस मनाइँदै
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया