सोमबार, वैशाख १४, २०८३

रामचन्द्रको आपत्तिपछि स्वास्थ्यमन्त्रीको निर्णयमा प्रधानमन्त्रीको हस्तक्षेप

डा भुपेन्द्र बस्नेत नै वीरको निमित्त प्रमुख, डा गुणराज लोहनीको सरुवा रोकियो

मेरोन्यूज २०७८ पुष २९ गते १३:०१

काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले वीर अस्पतालका प्रमुख प्रशासकिय अधिकृत (निमिक्त प्रमुख) भुपेन्द्र बस्नेतको सरुवामा प्रधानमन्त्री शेरवहादुर देउवासँग भेटेर आपत्ति जनाएपछि प्रधानमन्त्रीले स्वास्थ्यमन्त्रीको निर्णयामा हस्तक्षेप गरेका छन् ।

Advertisement
NiccNicc

बस्नेतको सरुवा रोक्दै स्वास्थ्यमन्त्रीको निर्णयमा प्रधानमन्त्रीले हस्तक्षेप गरेका हुन् । स्वास्थ्यमन्त्री विरोध खतिवडाले डा गुणराज लोहनीलाई सरुवा गरेर त्यहा पठाएका थिए ।


अव जम्माजम्मी ५ महिना मात्र सेवा अवधि बाँकी रहेका लोहनीलाई आर्थिक चलखेलका आधारमा मन्त्री खतिवडाले कोभिड युनिफाइड अस्पतालको प्रमुखमा पठाएको भन्दै कर्मचारीले प्रवेश नदिने भनेर आन्दोलन थालेका थिए । आन्दोलनमा कांग्रेस निकटका कर्मचारीहरुले सक्रियता देखाईरहेका थिए ।

१२ औं तहका विशिष्ठ श्रेणीका अधिकृतको सरुवा मन्त्रीले प्रधानमन्त्रीसँग नसोधी गरेको भन्दै रामचन्द्र पौडेल लगायतका नेताले देउवालाई भेटेरै विरोध गरेका थिए ।


मन्त्रीको निर्णयमा हस्तक्षेप गर्न पौडेल लगायतले प्रधानमन्त्रीलाई आग्रह गरेपछि प्रधानमन्त्रीले मन्त्रीको निर्णयमा हस्तक्षेप गरेका हुन् ।

प्रधानमन्त्रीको हस्तक्षेपपछि अब डा भुपेन्द्र बस्नेत नै वीरको निमित्त प्रमुख कायम भएका छन् ।

प्रतिक्रिया