सोमबार, वैशाख १४, २०८३

आइसोलेशनमा बसेका प्रचण्ड के गर्दैछन् ?

अध्यक्षको अहिले स्वास्थ्य एकदम ठिक छ, शुक्रवार पूनः परिक्षण गर्ने तयारी छ : प्रचण्ड सचिवालय

मेरोन्यूज २०७८ पुष २९ गते १३:२५

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई २३ पुसमा स्वास्थ्यमा अलिक असहज -असहज महसुस भयो । उनले छोरी गंगालाई आफुलाई कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएको बताए ।

Advertisement
NiccNicc

लगत्तै उनको कोभिड परिक्षण गरियो । रिपोट आयो -पोजेटिभ । त्यसयता उनी आफ्नै निवास खुमलटारमा ‘आइसोलेट’ भएर बसेका छन् । मंगलवार पनि उनको दौडधुप निक्कै थियो । सत्ता सञ्चालनका लागि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको राजनीतिक सन्यत्रको वैठकमा सहभागी हुन प्रचण्ड बालुवाटार पुगेका थिए ।

पुस ११ देखि माओवादी केन्द्रको १८ गतेसम्म पार्टी महाधिवेशन चलेको थियो । त्यसक्रममा उनको नेता–कार्यकर्तासँगको भेटघाट वाक्लो थियो । एकपछि अर्काे गदै महाधिवेशनमा सहभागी नेता–कार्यकर्तामा पनि कोभिडको पुष्टि हुन थालेको थियो । त्यसपछि भने प्रचण्डले पनि आफुलाई कोभिड लागेको हुन सक्ने आंकलन गरेर छोरीसाग लक्षणका बारेमा छलफल गरेका थिए ।

लगत्तै गरिएको परिक्षणमा प्रचण्डले जे आंकलन गरेका थिए, त्यही भयो । अर्थात कोभिड परिक्षण पोजेटिभ ।

त्यसपछि भने प्रचण्ड खुमलटारस्थित निवासमै आरम गरेर वसिरहेका छन् । उनी आइशोसलनमा बस्दा शारीरिक एक्सरसाइज गर्ने, अध्ययन गर्ने, देखि पार्टीको महाधिवेशनमा आफुले पेश गरेको राजनीतिक दस्तावेजमा प्रतिनिधीहरुले दिएका सुझावहरुलाई केन्द्रीत गर्ने र वन्दशत्रले पारित गरे अनुसारको परिमार्जन गर्ने काममा तल्लिन भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

‘अहिले अध्यक्षको स्वास्थ्य अवस्था सामान्य छ, कुनै समस्या देखिएको छैन, उहाँ अध्ययन गर्ने र महाधिवेशनले पारित गरेको राजनीतिक दस्तावेजमा आएका सुझावहरुलाई दस्तावेजमा मिलाउने काममा लाग्नुभएको छ,’ प्रचण्डको नीजि सचिवालयले मेरोन्यूजलाई भन्यो ।
स्वास्थ्य सामान्य वन्दै गएपछि प्रचण्डको भोलि शुक्रवार फेरि कोरोना परिक्षण गराउने योजना सचिवालयले बनाएको छ ।


‘भोलि अध्यक्षको फेरि पिसिआर परिक्षण गर्ने कुरा भएको छ,’ अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले मेरोन्यूजलाई भने । मल्ल स्वंम पनि कोभिड लागेर आराम गरिरहेका छन् ।

मओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेताहरु हरिवोल गजुरेल, मात्रिका यादव केन्द्रीय सदस्य डोरप्रसाद उपाध्याय, रामप्रसाद सापकोटा, सुवोध शेर्पाली लगायत केन्द्रीय कार्यालयका अधिकांशलाई कोरोना संक्रमण भपुष्टि भएको थियो ।

अहिले सवैको स्वास्थ्य अवस्था सामान्य वन्दै गएको माओवादीले जनाएको छ ।

प्रतिक्रिया