मंगलबार, पुष २९, २०८२

पेस्तोलसहित २२ वर्षीय युवा पक्राउ

मेरोन्यूज २०७८ पुष २९ गते १५:४५

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सुनसरीले जिल्लाको इनरुवा नगरपालिका ३ बाट हतियारसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरी जाँचका क्रममा इनरुवा नगरपालिका ३ महेन्द्रचोकबाट हरिनगरा गाउँपालिका ७ घुस्कीका २२ वर्षीय सविर मियाँलाई बुधबार साँझ पक्राउ गरेको हो ।

मियाँको साथबाट एक थान कटुवा पेस्तोल र एक राउण्ड गोली बरामद गरेको प्रहरीले जनाएको छ । मियाँमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया