मंगलबार, पुष २९, २०८२

लागु औषधसहित एक जना पक्राउ

मेरोन्यूज २०७८ पुष २९ गते १८:०९

कााठमाडौँ । रौतहटमा लागु औषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका ५ थलहिका वर्ष २० का सुमन विश्वकर्मा रहेको रौतहट प्रहरी प्रमुख एसपी विनोद घिमिरेले बताएका छन् ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरबाट खटिएको प्रहरी टोलीले उनलाई बिहीबार पक्राउ गरेको हो । उनको साथबाट डाइजेल्याब इन्जेक्सन ३८ एमपुल, नर्फिन इन्जेक्सन ३६ एम्पुल, फेनरगन इन्जेक्सन को ३९ एम्पुल र निटराजिपाम १० एमजी ३२ टेबलेट लागू औषध बरामद भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया