गैंडाको आक्रमणमा परी एक जनाको मृत्यु
काठमाडौँ । गैंडाको आक्रमणमा परी पश्चिम चितवनमा एक जनाको मृत्यु भएको छ । शनिबार राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका भरतपुर महानगरपालिका २८ गोलाघाटका ६० वर्षीय सुकबहादुर कुमाललाई गैंडाले आक्रमण गरेको थियो ।
अचेत अवस्थामा फेला परेका कुमालको उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको स्थानीय भीमसेन कुमालले जानकारी दिए । घाँस काट्न गएका सुकबहादुर अबेरसम्म घर नफर्किएपछि स्थानीयहरू उनको खोजीमा गएका थिए ।
सुकबहादुरको शरीरमा लागेको चोटका आधारमा गैंडाले नै उनलाई आक्रमण गरेको हुन सक्ने अनुमान गरिएको भिमसेनले बताए । मृतकको शवलाई भरतपुर अस्पतालमा राखिएको छ ।
यस विषयमा निकुञ्जलाई भने केही जानकारी नरहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए । घटनाको विषयमा अब बुझ्ने काम हुने उनले प्रतिक्रिया दिए ।













गुल्मीमा विद्यार्थी बोकेको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु
समानुपातिक अधिकार कुण्ठित गरिएकोमा विरोध
Accidents on rise along under-construction highway
Russian Foreign Minister congratulates newly-appointed Foreign Minister Sharma
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
यी हुन् राप्रपाका समानुपातिक उम्मेदवार
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
चन्द्र ढकालका छोरा सचिन बालेनको तर्फबाट रास्वपाको समानुपातिक सूचीमा
सामाजिक सञ्जालकाे होहल्ला हेर्दा विचारविहीनले देशै कब्जा गरिसके भन्नेजस्तो छ : प्रचण्ड
प्रतिक्रिया