अछामका सिडियोसहित पाँच कर्मचारीमा कोरोना पुष्टि

अछाम । अछामका प्रमुख जिल्ला अधिकारीलगायत जिल्ला प्रशासन कार्यालय अछामका पाँच जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीलगायत पाँच जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रमुख जिल्ला अधिकारीलगायत नागरिकता फाँट र अन्य शाखामा कार्यरत पाँच जना कर्मचारीमा संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने आकस्मिक र शान्ति सुरक्षा बाहेकका सबै सेवा एक हप्ताका लागि बन्द गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी मरासेनीद्वारा जारी सूचनामा माघ १० गतेसम्मका लागी कार्यालयबाट प्रदान हुने आकस्मिक र शान्ति सुरक्षा बाहेकका सेवा बन्द गरिएको उल्लेख गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी मरासिनीका अनुसार प्रजिअ लगायत अन्य कर्मचारीमा ज्वरो आउने, खोकी लाग्ने, जीउ दुख्नेलगायतका लक्षण देखिएका छन् । कोरोना सङ्क्रमण पुष्टि भएका सबै कर्मचारी होम आइसोलेसनमा रहेका छन् ।
















कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया