प्रहरी नियमावली संशोधनः तल्लो तहको कर्मचारीमा उत्प्रेरणा

काठमाडौं । नेपाल प्रहरी नियमावलीमा भएको पछिल्लो संशोधनले तल्लो तहमा काम गर्ने प्रहरी कर्मचारीमा उत्प्रेरणा र नैतिकबल थप्ने नेपाल प्रहरीले प्रतिक्रिया दिएको छ ।
मंगलबार पत्रकारहरुसँगको अन्तक्र्रियामा बोल्दै प्रहरी वरिष्ठ उपनिरीक्षक तथा प्रवक्ता विष्णुकुमार केसीले पछिल्लो प्रहरी नियमावली संशोधन गरेर थप गरिएको तीन पदले २० वर्ष देखि एउटै पदमा बसेर काम गर्ने प्रहरीमा उत्प्रेरणा जगाउने बताएका हुन् ।
उनले नियमावली संशोधन तल्लो तहका प्रहरीको हितको लागि भएको बताए । उनले प्रहरीमा थप गरिएका तीन पदले वृद्धि विकासको अवसर सबैले सम्मान रुपमा पाउने अवस्था आउने बताए ।
प्रहरीमा लामो समयसम्म पदोन्नती नभएर एउटै दर्जामा बस्नु पर्ने अवस्थालाई यो संसोधनले हटाएको प्रवक्ता केसीले बताए । उनले पद थप गर्दा प्रहरी कर्मचारीको सेवा सुविधामा भिन्नता ल्याउनु साथै काम गर्ने प्रहरीको मनोवल उच्च बनाउने बताए ।
‘नेपाल प्रहरीमा भइरहेको पदमा ३ वटा पद बढाएको छ । जसमा प्रहरी वरिष्ठ प्रहरी निरीक्षक,सहायक हवल्दार, वरिष्ठ हवल्दार पद थप गरेको छ । त्यस्तै नेपाल प्रहरीमा कार्यालय सहयोगी भनेर एक जना हुने गरेको थियो । अहिले कार्यालय सहयोगीमा ५ रहने व्यवस्था प्रहरी नियमावलीमा थप भएको छ। यसरी पद बढाउँदा आर्थिक प्रभावमा लगायतमा एउटा निम्न स्तरको कार्यालय सहयोगीले २० वर्ष भन्दा माथि काम गरेको अवधि पुगेको रहेन्छ भने एउटा प्रहरी साहयक निरीक्षक सरहको सेवा र सुविधा पाएर रिटायर्ड हुन्छ। यो नियमावलीले तल्लो तहको हितको लागि संशोधन गरिएको छ ।’– उनले भने ।
वरिष्ठ उपनिरीक्षक केसीले प्रहरीमा भएको पद थपले पद बढुवाको प्रतिस्पर्धालाई समेत सहज बनाउने बताए । सरकारले नेपाल प्रहरीको प्रहरी नियमावली संशोधन गर्दै तीन वटा पदहरु प्रहरी वरिष्ठ नायव निरीक्षक(वरिष्ठ सई), सहायक हवल्दार र वरिष्ठ हवल्दारको पद थप गरेको थियो । उक्त संशोधन प्रहरी नियमावली सरकारले सोमबार राजपत्रमा समेत प्रकाशित गरेको छ ।
यसरी थप भएको पदका लागि कुनै नयाँ दरबन्दी श्रृजना नहुने भएकोले धेरै आर्थिक भार सरकारलाई पर्न नसक्ने नेपाल प्रहरीले स्पष्ट पारेको छ ।
यस्तै यसअघि १२ वर्षसम्म एउटै पदमा बसेर अवकाशमा जाने प्रहरी नायब उपरिक्षक सम्मका अधिकृत र जुनियर अधिकृतलाई अवकाश हुनुभन्दा एक महिनाअघि स्वत बढुवा दिने व्यवस्था थियो ।
सरकारले नियमावली संसोधन गरेर ८ वर्ष एउटै पदमा काम गरेर अवकाश हुने अवस्था आए स्वतः बढुवा गरेर एकतह पदोन्नति गरेर अवकाश दिने ब्यवस्था गरेको छ ।
यसअघि १२ वर्षसम्म प्रहरी नायव निरीक्षक (सई) दर्जामा काम गरेपछि मात्र प्रहरी निरिक्षक र प्रहरी निरिक्षकमा पनि १२ वर्ष काम गरेपछि प्रहरी नायब उपरिक्षकमा पदोन्नति भएर अवकाश पाउने व्यवस्था थियो ।
यस व्यवस्था हटाएर ८ वर्ष कायम गरिएको छ । अब प्रहरी निरिक्षकमा ८ वर्ष जागिर भएपछि अवकाशमा जाने प्रहरी अधिकृतहरु स्वतः बढुवा भएर प्रहरी नायब उपरिक्षक हुनेछन् ।













Nonagenarian man constructs water facility in Bhojpur school
51 days to go for HoR Polls: 85 candidates withdraw names from PR closed list
देशभर पश्चिमी वायुको प्रभाव कायमै, काठमाडौँमा बिहानीको तापक्रम ३ डिग्री सेल्सियस
आज नेकपाका २ हजार ४ सय ९९ केन्द्रीय कमिटी सदस्यले शपथ लिँदै
अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
यस्तो छ एमाले केन्द्रीय कमिटी बैठकमा ओलीले गरेको सातबुँदे सम्बोधन (पूर्ण पाठ)
प्रतिक्रिया