आइतबार, चैत २९, २०८२

माघ १६ देखि देशभरीका विद्यालयमा खोप अभियान सञ्चालन

मेरोन्यूज २०७८ माघ ४ गते २०:१५

काठमाडौँ । सरकारले आगामी माघ १६ गतेदेखि देशभरका विद्यालयमा कोभिडविरुद्व खोप अभियान सञ्चालन गर्ने भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी)ले विद्यालयमा माघ १६ देखि माभ २० गतेसम्म कोभिडविरुद्धको खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

मंगलबार गृहमन्त्रालयमा बसेको केन्द्रको बैठकले खोप अभियानकै लागि चार दिन विद्यालय खुला गर्ने निर्णय गरेको छ ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँणसहित सीसीएमसीका पदाधिकारी सहभागी थिए ।

गृहमन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालाकाअनुसार खोप अभियान सञ्चालनका लागि माघ १६ देखि २० गतेसम्म विद्यालय खोल्ने निर्णय भएको छ ।

बैठकले माघ ७ गतेदेखि सार्वजनिक स्थानमा हिँड्डुल गर्दा खोप कार्ड अनिवार्य गर्ने निर्णय पनि गरेको छ ।

विमानमा यात्रा गर्नेहरूलाई टिकट काट्दा नै खोप कार्ड अनिवार्य देखाउनुपर्ने तथा अनलाइन टिकट काट्नेले पनि कोभिडविरुद्ध खोप लगाएको कार्ड अनिवार्य अट्याच गर्नुपर्ने व्यवस्था गर्न केन्द्रले निर्देशन दिएको छ ।

त्यस्तै, विश्वविद्यालयका परीक्षाहरु आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्ने निर्णय गरेको छ ।

बैठकमा गृहसचिव टेकनारायण पाण्डे, स्वास्थ्य सचिव डा. रोशन पोखरेल, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिर्देशक शैलेन्द्र खनाल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंहलगायत केन्द्रका अधिकारीहरु सहभागी थिए ।

प्रतिक्रिया