सटर फोडेर चोरी गरिरहेको अबस्थामा कैलालीमा दुई जना पक्राउ
मेरोन्यूज
२०७८ माघ ५ गते ९:४९

कैलाली । कैलालीमा पसलको सटर फोडेर चोरी गरिरहेको अबस्थामा दुई जना पक्राउ परेका छन् । जिल्लाको गोदवारी नगरपालिका –१ अत्तरिया बजारको चौधरी गल्ली भित्र रहेको एक किराना पसलको सटर फोडेर चोरी गरिरहेको अबस्था गएराति रंगेहात दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा गोदावरी नगरपालिका वडा नं ८ स्याउले घर भएका राजेश बिष्ट र कञ्चनपुरको दैजी घर भएका मन्नु लुहार रहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । उनीहरुको साथवाट नगद र केही जिन्सी सामानहरु बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी टोलीले यी दुवै जनालाई चौधरी गल्ली भित्र रहेको बाल प्रशाद घिमिरेको किराना पसलको सटर फोड्ने क्रममा राति १२ बजे नियन्त्रणमा लिएको थियो ।उनीहरुले यस अघि पनि बजार क्षेत्रमा चोरीको प्रयास गरेको पाइएको छ । यस बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















पूर्वी लिबियामा डुङ्गा दुर्घटना,१७ जनाको मृत्यु, ७ जनाको उद्धार
दक्षिण कोरियामा नेपाली चिया प्रवर्दन कार्यक्रम
ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन
सुनचाँदीको मूल्यमा केही गिरावट
इरानमाथि जारी अमेरिकी नौसैनिक नाकाबन्दी महिनौँसम्म लम्बिन सक्ने सङ्केत
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया