ओमिक्रोनका कारण आगामी केही साता निकै जोखिमयुक्त : डब्ल्यूएचओ
निकट भविष्यमा नै सम्भवतः नयाँ भेरिएन्टहरु फेरि पनि देखिन सक्ने डब्ल्यूएचओको चेतावनी

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोभिडको ओमिक्रोन भेरिएन्टलाई सामान्य नठान्न भनेको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनले यसअघिको भेरिएन्ट डेल्टाभन्दा कम जटिल प्रकारको कोभिड गराउँछ भनेर बेवास्ता गर्न नहुने बताएका छन् ।
नियमित प्रेस ब्रिफिङमा बोल्दै उनले ओमिक्रोन भेरियन्टका कारण आगामी केही साता निकै जोखिमयुक्त रहेको भन्दै यसलाई खेलाँची नठान्न आग्रह गरेका छन् ।
‘विश्वभर नै भाइरस अत्यन्तै तीव्र गतिमा फैलिरहेकोले धेरै देशका लागि आगामी केही साता निकै जोखिमयुक्त रहेको छ । उक्त अवधिमा ती देशका स्वास्थ्यकर्मी र स्वास्थ्य प्रणालीमा ठूलै दबाब पर्ने देखिन्छ’, उनले भने – ‘अमिक्रोनको फैलिने क्रमलाई रोक्नका लागि म सबैलाई आ(आफ्नो स्थानबाट सकेको मद्दत गर्न अपिल गर्छु । ओमिक्रोनबाट बच्ने सहज अस्त्र भनेकै खोप हो । त्यसैले खोप नलगाएकाहरुलाई म खोप लगाउनका लागि पनि आग्रह गर्छु ।’
विश्वका धेरै मानिसहरू अहिले पनि खोपको पहुँचभन्दा बाहिरै रहेको अवस्थामा यसलाई बेवास्ता गर्दा धेरैले ज्यान गुमाउने जोखिम रहने पनि उनले बताएका छन् । ‘ओमिक्रोनका कारण मानिसहरु अस्पताल भर्ना भइरहेका छन् र मृत्यु पनि भइरहेको छ । यो पहिलेको भेरिएन्टभन्दा कम जटिल प्रकारको संक्रमण गराए पनि यसका कारण स्वास्थ्य पूर्वाधारमा ठूलो दबाब सिर्जना गरिरहेको छ, ‘ – उनले भने ।
उनले ओमिक्रोनको प्रकोपका कारण महामारी निकट भविष्यमा नै अन्त्य हुने लक्षण नदेखिएको बताउँदै सम्भवतः नयाँ भेरिएन्टहरु फेरि पनि देखिन सक्ने चेतावनी दिए ।
















कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया