महालक्ष्मी विकास बैंकद्वारा शैक्षिक सामाग्री प्रदान

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत शैक्षिक सामग्रीहरु वितरण गरेको छ ।
“एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम” संचालन गर्दै आएको यो बैंकले ललितपुर महानगरपालिका १४ लोहाचोकस्थित चोईना विणा गुरु गणेश आधारभुत विद्यालयलमा अध्ययनरत छात्र छात्राहरुलाई विभिन्न आधारभुत शैक्षिक सामाग्री एवं खानेपानीको लागि आवश्यक उपकरण सहयोग स्वरुप प्रदान गरेको छ ।
महालक्ष्मी विकास बैंककोे सातदोबाटो शाखाले विद्यालयका छात्र छात्राहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक भीमप्रसाद गेलाल एवं विद्यालय संचालक समितिका अध्यक्ष दिनेश अछामीले महालक्ष्मी विकास बैंकको सहयोगप्रति आभार ब्यक्त गरेका थिए ।
कार्यक्रममा सातदोबाटोका शाखा प्रबन्धक प्रसन्न सुबेदीले बालबालिकाहरुको शैक्षिक अभिवृद्घिमा बैंक सधैं कटिबद्घ रहेको बताए ।
यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत सेवा प्रवाह गर्दै आएको छ ।











इराकमा विद्युत् उत्पादनमा ठूलो गिरावट, ग्यास आपूर्ति स्थगित
रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
निर्वाचन हुने/नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो
केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
प्रतिक्रिया