दार्चुला जिल्लालाई संकटग्रस्त घोषणा गर्न सिफारिस

दार्चुला । जिल्ला विपद् व्यवस्थापन समिति दार्चुलाको बुधबार बसेको बैठकले दार्चुला जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गर्न गृह मन्त्रालय अन्तर्गतको विपद् अध्ययन, जोखिम न्यूनीकरण तथा पुर्नलाभ शाखालाई सिफारिस गर्ने निर्णय गरेको छ ।
दार्चुला जिल्लाका ९ वटै स्थानीय तहमा वर्षेनी बाढी, पहिरोलगायत विपद्का घटना हुने गरेको छन् । यसअघि दार्चुलाको दुँहु गाउँपालिका र अपी हिमाल गाउँपालिकालाई संकट ग्रस्त गाउँपालिका घोषणा गरिएको छ ।
बुधबार बसेको बैठकले दार्चुला जिल्लाका ९ वटै स्थानीय तहलाई संकटग्रस्त घोषणा गर्न गृह मन्त्रालयअन्तर्गतको विपद् अध्ययन, जोखिम न्यूनीकरण तथा पुर्नलाभ शाखालाई सिफारिस गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका विपद् व्यवस्थापन फाटका नायब सुब्बा रामराज पन्तले बताए । दार्चुला जिल्लाका सबै स्थानीय तहमा विभिन्न किसिमका प्राकृतिक विपद्का घटना हुने भएकाले सिङ्गो जिल्लालाई नै संकटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस गर्ने निर्णय गरिएको हो ।
त्यसैगरी, जिल्ला प्रशासन कार्यालय दार्चुलाले जिल्ला भरिका स्थानीय तहहरूका वडाहरूमा विपद् खोज उद्धार राहत सामग्री मौज्दात भए÷नभएको विवरण माग गरेको छ ।
राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन व्यवस्थापन प्राधिकरणको निर्णय अनुसार विपद् खोज उद्धार राहत सामग्री मौज्दात भए नभएको विवरण माग भए अनुसार स्थानीय तहहरूलाई पत्राचार गर्ने निर्णय गरिएको पन्तले बताए ।
उद्धार राहत सामग्रीमा स्ट्रेचर १ थान, बाल्टी ५ थान, डोरी २ सय मिटर, सेफ्टी हेलमेट ५ वटा, बन्चरो, आँसी वा हसिया, गैती, कोदालो, बेल्चा, हात खुट्टाको काम्रो, हाते आरी, लिभर र घन २र२ वटा हुनुपर्नेछ ।
टर्चलाइट तथा हेडलाइट ४ थान, सिट्ठी, प्राथमिक उपचार सामग्री र अन्य सामग्री वडामा भए नभएको विवरण प्रशासन कार्यालयमा बुझाउन पत्राचार गर्ने निर्णय गरिएको छ ।
पीडित लाभग्राहीको विवरण पठाइने
बुधबारकै विपद् व्यवस्थापन समितिको बैठकले संकटग्रस्त घोषणा भएका जिल्लाको दुँहु गाउँपालिका र अपी हिमाल गाउँपालिकाका बाढीपहिरो पीडितहरू पहिचान गरी विवरण पठाएको छ ।
यस वर्षको मनसुनजन्य विपद्बाट निजी आवास क्षतिग्रस्त भएका वा गुमाएका दुवै स्थानीय तहहरूमा लाभग्राहीहरूको विवरण राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन व्यवस्थापन प्राधिकरणमा पठाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका विपद् व्यवस्थापन फाटका नायब सुब्बा राम राज पन्तले जानकारी दिए ।
अपी हिमाल गाउँपालिकामा आंशिक घर क्षति भएका ८ जनाको मर्मत तथा प्रबलीकरणका लागि सिफारिस गरिएको छ । दुँहु गाउँपालिकामा २ सय ४४ जनाको घर पुन निर्माणका लागि, १४ जनाको घरपरिवार पुन स्थापनाका लागि तथा २ सय ७२ जनाको प्रबलीकरणका लागि सिफारिस गर्ने निर्णय गरिएको छ ।
चालु आर्थिक वर्षको हाल सम्म आफन्त गुमाएका तथा बेपत्ता परिवारका नजिकका ८ परिवारलाई १४ लाख र निजी आवास, घरजग्गा, जमिन, खाद्यबाली तथा पसलमा क्षति भएका १ सय ३७ परिवारलाई १८ लाख १६ हजार राहत वितरण गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
घर मर्मत र प्रबलीकरणका लागि ५० हजार, घर गुमाएकाले ५ लाख र घर सहित जमिन समेत गुमाएका परिवारले ८ लाख रुपैयाँ राहत पाउनेछन् ।
















कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया