शुक्रबार, वैशाख ११, २०८३

चार वर्षीय छोरासहित महिला बेपत्ता

मेरोन्यूज २०७८ माघ ६ गते ११:२४

काठमाडौँ । गत पुस २६ गते बिहान छोरासहित घरबाट निस्किएकी गलकोट नगरपालिका ७ मल्मकी धनकुमारी बस्नेत विक अझै परिवारको सम्पर्कमा आएकी छैनन् । पैतीस वर्षीया उनको साथमा चार वर्षीय छोरा सक्षम पनि रहेको श्रीमान राजेन्द्र विकले जानकारी दिए ।

Advertisement
NiccNicc

सम्पर्कविहीन भएयता निरन्तर खोजी गरिए पनि अहिलेसम्म स्थिति पत्ता लाग्न नसकेको उनको भनाई छ । राजेन्द्रले बेपत्ता श्रीमतीको खोजीका लागि प्रहरी र वडा कार्यालयमा निवदेन दिएको छ । टेलिफोनको ‘कल डिटेल’ अनुसन्धानका लागि मंगलबार जिल्ला प्रहरी कार्यालयमा पनि निवेदन दिएको राजेन्द्रले बताए । पुस २६ गते साँझ फोनमा कुराकानी भएपछि श्रीमतीसँग रहेको मोबाइल बन्द रहेको उनको भनाइ छ ।

“म २५ गते गाडी लिएर पोखरा गएको थिएँ, २६ गते घर आउँदा उनी छोरासहित आफ्नो लुगाफाटो लिएर हिँडेकी रहेछिन्”, राजेन्द्रले भने, “कुराकानी हुँदा भाइकोमा आएकी छु भन्थिन, पछि मोबाइल बन्द भयो, त्यसपछि सम्पर्क हुन सकेन ।”

प्रतिक्रिया