मंगलबार, पुष ८, २०८२

सुनको मूल्य एकै दिन हजार रुपैयाँ वृद्धि

मेरोन्यूज २०७८ माघ ६ गते ११:२८

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार छापावाल सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

बुधबारको तुलनामा बिहीबार सुन तोलामा एक हजार रुपैयाँले बढेको छ । महासंघका अनुसार बुधबार छापावाल सुन तोलाको ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार २०० सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला एक हजार ३१५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया