चिसोका कारण सुदुरपश्चिमको जनजीवन कष्टकर

कैलाली । कैलाली–कञ्चनपुरलगायत तराईका जिल्लाहरूमा एक सातादेखि चिसो ह्वात्तै बढेको छ । बिहान बाक्लो हुस्सुसँगै दिनभरि कुहिरो लाग्न थालेको छ । दिनभरि घाम नलागेपछि बढ्दो चिसोका कारण जनजीवन प्रभावित बनेको छ ।
चिसो बिहान स्थानीयवासी घरबाहिर निस्कन सकेका छैनन् ।बजारमा चलहपहल कम भएको छ । वृद्धवृद्धा तथा बालबालिका सडकमा देखिँदैनन् । चिसोकै कारण बिरामीसमेत बढेका छन् ।
चिसोसँगै दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायत रोगका बिरामी बढेका हुन् । एकाएक बढेको चिसोसँगै बिरामीको संख्या ह्वात्तै बढेको सेती प्रादेशीक अस्पताल धनगढीका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए । बालबालिका, वृद्धवृद्धा, मुटु, मिर्गौला, मधुमेह तथा अन्य दीर्घरोगी चिसोले थप जोखिममा भएकाले यो मौसममा उनीहरूले विशेष ख्याल पु¥याउनुपर्ने चिकित्सकको सुझाव छ ।
चिसोका कारण बढी मारमा मजुदरहरु परेका छन् ।
दिनभर चिसोमा काम गर्दा स्वास्थ्यमा समस्या देखिएको धनगढी १ हरियाली टोलका मोहन चौधरीले बताए ।‘दिनभर जाडोमा काम गर्नुपर्छ,’ उनले भने, ‘साँझ आएर आगो तापम भनेपनि दाउरा छैन् के गर्नु । गत वर्ष त धनगढी उपमहानगरपालिकाले दाउरा वितरण गरेको भएपनि यसवर्ष भने गरेन ।’
चिसोले घरबाहिर निस्केर हिँडडुल गर्न पनि गाह्रो भएको धनगढी १ कै कमला चौधरीले बताइन् । ‘लुगा धोऔं भनेपनि नसुक्ने भएर बरु मैलो लुगा लगाइन्छ,’ उनले भने । चिसोले गर्दा बालबालिका तथा वृद्धवृद्धालाई बढी समस्या हुने गरेको उनको भनाइ छ ।
‘जाडोले गर्दा काम गर्न समेत सकिरहेका छैनौँ,’ धनगढी १ का अट्टोरिक्सा चालक मोहनराज कठरियाले भने, ‘जाडोले अटो चलाउन नसकेपछि दिनभरि आगो तापेर बस्छौँ । अटो नचलाउँ भनेपनि बैंकको किस्तासमेत कसरी तिर्ने भन्ने चिन्ता छ ।’ गत वर्ष उपमहानगरपालिकाले दाउरा र न्यानो कपडा दिएपनि यस वर्ष नदिएकोमा उनले दुखेसो पोखे ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष एवम् प्रवक्ता सन्तोष मुडभरिले विगतका वर्षहरुमा दाउरा लगायत न्यानो कपडा वितरण गरिएको भएपनि यस वर्ष वन सम्बन्धी मुद्दालगायतका कारण दाउरा सकंलन हुन नसकेको र वितरण गर्न नसकिएको बताए ।
‘धेरै नै चिसो बढ्न थाल्यो भने त्यसको हामीहरु केही न केही विकल्प वैकल्पिक उपायहरु केही गर्छौँ’ उनले भने, ‘विभिन्न वडाहरुमा बजेट अलग तरिकाले पठाइएको हुन्छ । जुन–जुन वडामा योजना राखेका छौँ त्यहाँ वितरण भइरहेको छ ।’









आठौँ सामाजिक सुरक्षा दिवस : साढे २६ लाख नागरिक सामाजिक सुरक्षाको छाताभित्र
हङकङकाे आवासिय भवनमा आगलागीमा परेर मर्नेको संख्या ४४ पुग्योः २७९ अझै बेपत्ता
जेनजी आन्दोलनका सहिदः ‘सहिद घोषणा मात्रै होइन, न्याय पनि चाहिन्छ’
तरकारी खेतीबाट वार्षिक १० लाख बचत
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
प्रतिक्रिया