बुधबार, पुष ९, २०८२

एकैदिन थपिए १२ हजार ३३८ कोभिड संक्रमित

मेरोन्यूज २०७८ माघ ६ गते १७:३५


काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२ हजार ३३८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७ हजार ४९७ मा गरिएको परीक्षणमा १२ हजार ३३८ जनामा कोरोना संक्रमण देखिएको छ ।पछिल्लो २४ घण्टामा ४ जनाको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६३२ पुगेको छ ।

त्यस्तै आज ६४९ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया