बिहीबार, वैशाख १०, २०८३

लागुऔषधसहित तीन जना पक्राउ

मेरोन्यूज २०७८ माघ ६ गते १८:२६

कैलाली । कैलाली प्रहरीले धनगढीबाट लागुऔषधसहित तीन जना पक्राउ गरेको छ । उप-महानगरपालिका–२ स्थित ट्राफिक चोकबाट उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा दोर्ण बहादुर रावल, धनगढी २ बस्ने २९ बर्षीय टेक बिष्ट र वडा नम्बर ४ बस्ने ३० बर्षीय मनिष भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Advertisement
NiccNicc

दोर्ण बहादुर रावलले सञ्चालन गरेको ग्लोबल मोबाईल ग्यालरीको भित्र कोठामा लागुऔषध (खैरो हिरोईन) कारोबार भइरहेको भन्ने सुचनाको आधारमा उक्त मोबाईल ग्यालरीको भित्र कोठामा गई चेकजाँच गर्दा उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले बताए ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको सादा पोषाकको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको उनले जानकारी दिए । उनीहरुको साथबाट १ ग्राम ५५० मिलिग्राम खैरो हिरोईन फेला पारी बरामद गरिएको उनले बताए । उनीहरु तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया