काठमाडौं उपत्यकामा फेरि जोरबिजोर प्रणाली लागु हुने
काठमाडौं । राजधानी उपत्यकामा भोलि देखि फेरि जोरविजोर प्रणाली लागु हुने भएको छ । कोरोना संक्रमणको दर निक्कै वढन थालेपछि रोकथाम गर्ने उद्देश्यले काठमाडौं उपत्यकामा शुक्रबार राति १२ बजेदेखि जोरबिजोर प्रणाली लागू हुने भएको हो । जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारी साधन सन्चालन गर्ने गरी यो प्रणाली लागु गर्न लागेको हो । जोरबिजोरको निर्णय दुई पांग्रे सवारी साधनहरुमा पनि लागू हुने छ ।
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको विहिबार बसेको संयुक्त बैठकले जोर विजोर प्रणाली लागु गर्ने निर्णय गरेको हो ।
सार्वजनिक र निजी सवारी साधनहरुमा जोर बिजोर लागू गर्ने निर्णयमा प्रमुख जिल्ला अधिकारी हरु पुगेका हुन् ।
उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले गरेको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालयहरुले आ–आफ्नो जिल्लामा छुट्टाछुट्टै आदेश जारी गरेका छन् ।















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया