बिहीबार, पुष १०, २०८२

काठमाडौं उपत्यकामा फेरि जोरबिजोर प्रणाली लागु हुने

मेरोन्यूज २०७८ माघ ६ गते २०:५५


काठमाडौं । राजधानी उपत्यकामा भोलि देखि फेरि जोरविजोर प्रणाली लागु हुने भएको छ । कोरोना संक्रमणको दर निक्कै वढन थालेपछि रोकथाम गर्ने उद्देश्यले काठमाडौं उपत्यकामा शुक्रबार राति १२ बजेदेखि जोरबिजोर प्रणाली लागू हुने भएको हो । जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारी साधन सन्चालन गर्ने गरी यो प्रणाली लागु गर्न लागेको हो । जोरबिजोरको निर्णय दुई पांग्रे सवारी साधनहरुमा पनि लागू हुने छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको विहिबार बसेको संयुक्त बैठकले जोर विजोर प्रणाली लागु गर्ने निर्णय गरेको हो ।

सार्वजनिक र निजी सवारी साधनहरुमा जोर बिजोर लागू गर्ने निर्णयमा प्रमुख जिल्ला अधिकारी हरु पुगेका हुन् ।

उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले गरेको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालयहरुले आ–आफ्नो जिल्लामा छुट्टाछुट्टै आदेश जारी गरेका छन् ।

प्रतिक्रिया