अवैध ३० लाख रुपैयाँको सामग्री बरामद
मेरोन्यूज
२०७८ माघ ७ गते ८:४१
काठमाडौँ । करिब ३० लाख मूल्य बराबरको भन्सार छलीका सामान बोकेको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पर्साको वीरगञ्जबाट प्रहरीले ट्रकलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगञ्ज महानगरपालिका १६ इदगाह चोकको सडक खण्डमा ना ३ ख ५६७१ नंको मालवाहक ट्रकलाई प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।
उक्त ट्रकमा भन्सार छली गरी ल्याइएका खुद्रा सामान फेला परेको प्रहरीको दाबी छ । सोही क्रममा ट्रकका चालक पर्साको जगरनाथपुर गाउँपालिका १ का ४५ वर्षीय लालबाबु महरालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
उक्त ट्रकमा भएको मालसमानसहित ३० लाख मूल्यांकन गरी आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन सुरु
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया