धनगढीमा प्रहरीले नै मोबाइल चोरेपछि…

कैलाली । कैलालीको धनगढीस्थित एक मोबाइल ग्यालरीबाट प्रहरीले मोबाइल चोर्दै गरेको भिडियो सार्वजनिक भएको छ । लागू औषधको कारोबार भइरहरेको सूचनाको आधारमा बिहीबार ग्यालरी पुगेको प्रहरीको टोलीका एक जनाले मोबाइल चोर्दै गरेको भिडियो पसलको सिसीटिभीमा कैद भएको छ ।
धनगढीको ट्राफिक चोकमा रहेको ग्लोबल मोबाइल ग्यालरीबाट ती प्रहरीले मोबाइल चोरी गरेको पसल सञ्चालक सुवास रावलले बताए । मोबाइलको खाली डब्बा देखेपछि सिसी टिभी क्यामेरा हेर्दा प्रहरीले नै मोबाइल चोर्दै गरेको देखेपछि चोरीमा संलग्न प्रहरीलाई कारबाहीको माग गर्दै प्रहरीमा नै निवेदन दिएको उनले बताए ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले भिडियोसहित नै निवेदन आएपछि सोबारे छानबिन भइरहेको बताए । उनले घटना संलग्न प्रहरी हवल्दार होम बहादुर माल र प्रहरी जवान भरत सिंह बडाललाई नियन्त्रणमा लिई चोरी मुद्दामा अनुसन्धान भइरहेको जानकारी दिए ।
उनले निजहरुबाट मोबाइलसमेत बरामद गरिएको जानकारी दिए । बिहीबार प्रहरीले ग्यालरीबाट लागु औषध खैरो हेरोइनसहित ३ जनालाई पक्राउ गरेको थियो ।











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया