जाली नोटसहित भारतीय नागरिक पक्राउ
मेरोन्यूज
२०७८ माघ ७ गते १०:५६
काठमाडौँ । महोत्तरीको मटिहानी–जनकपुर सडक खण्डमा जाली नोटसहित सशस्त्र प्रहरीले गए राति भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको बिहार राज्यको सीतामढी जिल्ला ग्रामपञ्चायत बस्ने ४० वर्षीय नुरुल जोल्हा रहेको सशस्त्र प्रहरी बिओपी मटिहानीले जनाएको छ ।
गए राति भारतको मधवापुर सहरबाट जाली नोट बोकेर नेपाल छिरेका नुरुल जनकपुर जाँदै गर्दा मटिहानी नपा २ स्थित धिरापुरचोक नजिकै नियमित जाँचका लागि खटिएको सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका नुरुलका साथबाट प्रहरीले नेपाली एक हजारका जाली नोट दुई थान बरामद गरेको छ । उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईसँगको खेलमा नेपाल पराजित
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया