थप ४० लाख डोज मोडर्ना खोप ल्याउने तयारी

काठमाडौँ । सरकारले खरिद प्रक्रियाबाट आगामी सोमबार र मंगलबार थप ४० लाख डोज मोडर्ना खोप ल्याउने भएको छ । यसअघि ल्याइएका मोडर्ना खोप १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई दिइएको छ ।
यो खोप पनि सोही उमेर समूहका खोप लगाउन बाँकी बालबालिकालाई दिइने स्वास्थ्य मन्त्रालयले तयारी गरेको छ । स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले आगामी सोमबार र मंगलबार ४० लाख खोप आउने जानकारी दिए । उनले भने, ‘फाइजर खोप हामीले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई दिने योजना बनाएका छौँ, अब १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना नै दिने नीति हो ।’
यसअघि फाइजर खोप पनि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दिइएको थियो । तर, अब सो खोप ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई दिने योजना अघि सारिएको छ । नेपालमा कोभिडविरुद्ध भेरोसेल, कोभिसिल्ड, एस्टाजेनेका, जानसन, फाइजर, मोडर्ना लगायतका खोपहरु लगाइएको छ ।
अहिले फ्रन्टलाइनरहरुलाई अतिरिक्त डोज (तेस्रो डोज) समेत दिन थालिएको छ ।
















कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया