नेपाल टेलिकम र साइबरनेटिक्सबीच सम्झौता
मेरोन्यूज
२०७८ माघ ७ गते १३:२३

काठमाडौँ । नेपाल टेलिकमल एफटीटीएच उपलब्ध नभएका सुगम स्थानहरुमा दु्रत गतिको डाटा तथा भ्वाइस सेवा उपलब्ध गराउन फोरजी एलटिई वाईफाई विस्तार गर्ने भएको छ । कम्पनीले उक्त वाईफाई सेवाका विभिन्न आकर्षक प्याकेज उपलब्ध गराइरहेको छ ।
कम्पनीले उपलब्ध गराउँदै आएको यी प्याकेजहरु आवश्यक डिभाइससहित ग्राहक वर्गलाई सहज रुपले प्राप्त गराउन टेलिकम र साइबरनेटिक्स प्रा.लि.बीच सम्झौता भएको छ । सम्झौतामा कम्पनीका प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र साइबरनेटिक्स प्रा.लि. का सिइओ जेम्स न्याछ्योले हस्ताक्षर गरेका छन् ।
फोरजी एलटिई नमस्ते वाईफाई सेवाको प्याकेज र यसको दरबारे जानकारी लिन ग्राहक वर्गले डब्लुडब्लुडब्लु डट एनटिसी डट नेट डट एनपी साइडमा जान सक्ने छन् ।
सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया