मास्क अभियानलाई प्रभावकारी बनाउन सिडियो र एसपी नै सडकमा

जनकपुरधाम । धनुषामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय प्रशासनले त्यसको रोकथाम तथा न्यूनीकरण गर्न मास्क अभियानलाई प्रभावकारी बनाउन सक्रिय भएको छ ।
मास्क अभियानलाई प्रभावकारी बनाउन शुक्रबार धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको नेतृत्वमा धनुषामा प्रहरी उपरीक्षक बसन्त रजौरे, जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठसहितले जनकपुर बजारमा आफैँले मास्क वितरण गरेका छन् ।
प्रमुख जिल्ला अधिकार पौडेल, उपरीक्षक रजौरेसहितले बजारमा घुमिघुमी मास्क नलाएकाहरूलाई मास्क उपलब्ध गराउन आग्रह गरेका थिए ।
‘कोरोनाभाइरसको महामारी बढ्दै गएको छ, तपाईं मास्क लगाएर मात्र घरमा निस्कनु होस्, उपरीक्षक रजौरेले बाटोमा विना मास्क लगाएर हिड्नेलाई मास्क दिँदै भने, ‘मास्क लगाउने बानी बसाल्नुहोस्, त्यसले मसहित अन्य व्यक्तिको पनि स्वास्थ्य सुरक्षाको हिसावले राम्रो हुन्छ । मास्क नलगाएर सार्वजनिक स्थलमा हिँड्डुल गरेमा प्रहरीले जरिबाना काट्छ र पटक पटक यस्तो गल्ती दोहो¥याएमा अन्य कारबाही पनि गर्छ ।’
जिल्ला प्रशासनले मास्क नलगाउनेलाई अब १०० रूपैयाँ जरिबाना तिराउने निर्णय गरेको छ । संक्रमण बढ्दै गए पनि सर्वसाधारणहरूमा मास्क नलगाउने प्रवृत्ति देखिएपछि स्थानीय प्रशासनले कडाइ गर्ने भएको हो ।
















अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
स्वास्थ्य सेवा निरन्तर राख्न अस्पतालहरूलाई मन्त्रालयको आग्रह
झापामा ३ मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते
लागुऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
उपसभामुख ठाकुरले लिइन् शपथ
प्रतिक्रिया